तेह्रथुम जिल्लामा अवस्थित दक्षिण एसियाकै अग्लो ह्यात्रुङ भरना ओझेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७४, बुधबार ०६:३७

तेह्रथुम ।  प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा तेह्रथुम जिल्लामा अवस्थित दक्षिण एसियाकै अग्लो ह्यात्रुङ भरना ओझेलमा परेको छ । तेह्रथुमको इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो ह्यात्रुङ्ग झरना प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको हो । निजी तथा सरकारीस्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम्सिना बताउनुहुन्छ ।

झरनासम्म आवतजावतका लागि पक्की सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । सदरमुकाम म्याङलुङ्गबाट ५ घण्टा पैदल हिंडेर झरनासम्म पुग्न सकिन्छ । झरनाको बीचबीचमा प्रत्येक दिनजसो सप्तरंगी इन्द्रेणीको दृश्य देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१