हेर्नुस् मनिषादेखि प्रियंकासम्मको दसैं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७४, मंगलवार ०६:५०

काठमाडौं । प्राय एक्सन कर्टमा व्यस्त रहने कलाकारहरु दसैंमा पारिवारिक जमघट र टिका लगाउन व्यस्त रहे । कसैको दसैं खल्लो रह्यो भने अधिकांशले देशभित्र र बाहिर टिका लगाएर दसैं मनाए ।
‘डियर माया’ फिल्मबाट बलिउड फिल्म क्षेत्रमा पुनआगमन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारसँग दसैं मनाएकी छिन् ।त्यस्तै सुटिङ र साँस्कृतिक कार्यक्रममा व्यस्त अभिनेत्री प्रियंका काकीले दसैं आमा बुबाको हातबाट टिका थापेर मनाएकी छिन् । ‘दसैं पारिवारिक माहोलमा मनाउँदा रमाइलो लाग्छ । दसैंको लागि यसपटक साँस्कृतिक कार्यक्रमहरुमा सहभागि भइन् । आमा र बुबाको हातबाट टिका थापेपछि आफन्तहरुसँग भेटघाट गरिरहेको छु,’ अभिनेत्री प्रियंका कार्कीले भनिन् ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले पारिवार र आफन्तसँग यसपटकको दसैंको टिका थापिन् । ‘दसैंमा पारिवारिक जमघटमा व्यस्त भईरहेकी छु । नेवारी परम्परागत पुजाआजा र खानपिनले दसैं रमाइलो भइरहेको छ । ’

त्यस्तै हालै ‘सुनकेशरी’ फिल्मको सुटिङ सिध्याएकी अभिनेत्री ऋचा शर्माले आमाको हातबाट टिका थापेर दसैं मनाएकी छिन् ।
हालै अमेरिकाबाट फकिएका अभिनेता अनमोल केसीले बुबा भुवन केसीको हातबाट टिका लगाए ।टिका लगत्तै अभिनेता भुवन केसीले बुबा छोराको दसैंको फोटो सामाजिक संञ्जालमा राखेका थिए ।गायिका इन्दिरा जोशीले भने दिदीको हातबाट टिका थापेको फोटो सामाजिक संञ्जालमा राखेकी छिन् ।त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठले आमा बुबा र पारिवासँग दसैं मनाएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१