यी हुन् रातो मासु खाने सही तरीका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७४, मंगलवार ०६:२५

दशैंमा रातो मासुको खपत बढी हुने गर्छ । विशेषगरी, खसी, बोका, भेडा र च्यांग्राको मासु दशैंमा अन्य बेलाको तुलनामा ८० प्रतिशतसम्म बढी खपत हुन्छ ।

रातो मासुको अत्यधिक सेवनले तौल बढ्नुका साथै बोसो लाग्ने गर्छ । त्यसबाट बच्न सही तरीका अपनाउनु जरुरी छ ।

बोसोरहित मासु

प्रोटिनको मुख्य आधार मानिने रातो मासुमा बोसोको मात्रा अधिक हुन्छ । यस्ता मासु मनपरि तरीकाले सेवन गर्दा तौल बढ्छ । त्यसका लागि मासु काट्दै ध्यान दिनुपर्छ । सकेसम्म बोसो तथा छालारहित मासु छनोट गर्नुपर्छ । छातिको मासुमा बोसो कम हुन्छ ।

क्यालोरी घटाऊँ

बिनाडाइटिङ शरीरको तौल घटाउने अर्को उपाय भनेको क्यालोरीयुक्त खानेकुरा कम गर्नु हो । एक अध्ययनका अनुसार एउटा मानिसले दिनमा आफूले लिने पाँच सय क्यालोरी कम गर्दा सातामा करिब एक पाउन्ड घटाउन सकिन्छ ।

पौष्टिक आहारमा सन्तुलन

शरीरको अतिरिक्त तौल कम गर्न पौष्टिक आहारमा सन्तुलन आवश्यक छ । त्यसका लागि भिटामिन, मिनरल्सलाई सन्तुलित ढंगले ग्रहण गर्नुपर्छ ।

अमेरिकी कृषि विभागका अनुसार रातो मासु सेवन गर्ने मानिसले तौल बढ्न नदिन प्रशस्त मात्रामा दूध, दही, प्रोटिन, फलफूल, सागसब्जी र अनाज सेवन गर्नु जरुरी छ ।

बोसोरहित मासुका साथमा पोषकतत्वको दैनिक सेवनले कोलेस्ट्रोलको उतारचढावलाई नियन्त्रणमा मद्दत पुग्छ ।

मासु पकाउने विधि

मासु पकाउँदा त्यसको विधिबारे ध्यान दिन पनि उत्तिकै आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले मासुमा भएको सबै बोसो हटाउनुपर्छ ।

सकेसम्म ग्रिल गरेको र उसिनेको मासुको सेवन उत्तम हुन्छ । यदि तपाईं तारेको वा पोलेको मासु खान चाहनुहुन्छ भने पनि त्यसमा भएको बोसो तथा चिल्लोपनालाई हटाउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०