एक बोतल पानीको १ करोड रुपैयाँ पर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७४, सोमबार ०५:३१

पृथ्वीको तीन तिहाई हिस्सा पानीले ओगटेको छ, तर पनि पानीका लाविग संघर्ष जारी नै छ । विश्व जनसंख्याको ठूलो हिस्सा अहिले पनि स्वच्छ पिउने पानीबाट बच्छित छ ।

पानी सर्वसुलभ पनि छ, दुर्लभ पनि अनि सस्तो पनि छ र महंगो पनि, मंगोमा पनि यति महंगो कि हामीले त्यसको मूल्य कल्पनै गर्न सक्दैनौं ।

अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड पर्दछ । खासमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ वा अमृत किनिरहेको छु भन्ने लाग्ला ।

करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो छैन । पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ, उत्पादनका लागि । त्यसपछि कम्पनीले उक्त पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउँछ ।

तर, यो पानी सायद खानका लागि होइन, लक्जरी कलेक्सन हो । बोतलको बिर्को सुनको बनाइएको छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि छुट्टा छुट्टै खोल बनाइएको छ ।

उक्त बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स (90H2O) राखिएको छ । कम्पनीको मूख्यालय क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले अग्लो झरनाबाट पानी संकलन गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०