दाँतको दु:खाई कम गर्ने र दाँतमा भएको किरा बाहिर निकाल्ने घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७४, सोमबार ०५:०४

आज हामी तपाईहरुलाई यो बताउने छौं कि कसरी दातमा भएको दुखाईलाई १ मिनेटमा कम गर्न सक्छौं र दातमा भएका किटाणु किराहरुलाई घरेलु उपाय अपनाएर बाहिर निकाल्न सक्छौं ।
दातमा भएको किटाणु (किरा) बाहिर निकाल्ने उपाय


यदि तपाईको दात किराले खाएको छ भने आज हामी तपाईहरुलाई केहि घरेलु उपाय बताउन गैरहेका छौं जसको प्रयोगले तपाई आफनो दातमा भएको किटाणुलाई बाहिर निकाल्न सक्नुहुन्छ । त्यसको लागि तल दिएको सामाग्रीहरु आवश्यक पर्छ ।

लौंगको तेल १० मिली लीटर
फिटकरी पाउडर  २०  ग्राम
लौंगको तेल र फिटकिरीलाई राम्ररी मिश्रण गरेर एउटा पेस्ट तयार पार्नु होस । तयार भएको पेस्टलाई किराले खाएको दातमा १० मिनेट लगाएर छोड्नुहोस । १० मिनेट पछि सफा पानीले कुल्ला गर्नुहोस ,पानीको साथमा तपाईको दातमा भएको किरा बाहिर आउनेछ ।
दातको दुखाईबाट १ मिनेटमा राहत
यदि तपाईको दातको दुखाई एकदमै धेरै छ भने लौंगको तेललाई दुखेको ठाउमा लगाएर राम्ररी १ मिनेटसम्म मालिश गर्नुहोस ,एक मिनेट पछि दुखेको ठाउमा राहत पाउनु हुनेछ । यदि एक पटकमा तपाईको दुखाई कम भएन भने यस प्रक्रियालाई तिन चार पटक पनि अपनाउन सक्नुहुनेछ । हामीलाई आशा छ एक पटक मै तपाईको दुखाई कम हुनेछ तर भएन भने तीन चार पटकमा पक्का दुखाई कम हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०