के छ यी सेलिब्रेटीको ब्युटी सेक्रेट ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७४, सोमबार ०४:२५

बलिउड अभिनेत्री आफ्नो स्किनप्रति सजग नहुने कुरै भएन । त्यसका लागि के उनीहरु महंगा र ब्रान्डेड कस्मेटिक्स प्रयोग गर्छन् ?

होइन । उनीहरु सकेसम्म प्राकृतिक सौन्दर्य प्रसाधनमै भर पर्छन् । घरमै तयार गरिएको सौन्दर्य प्रसाधनले यी सेलिब्रेटीहरु आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाइ राख्छन् । संभव भएसम्म घरेलु उपचार र प्राकृतिक उत्पादनमा जोड दिने गर्छन् ।

दीपिका पादुकोण

आफ्नो व्यस्त सेड्युलको बाबजुद दीपिका हरेक दिन स्किन केयर रुटिन फलो गर्छिन् । उनी प्राकृतिक उत्पादन एवं घरेलु विधी अपनाउन मन पराउँछिन् । दीपिकाको ब्यूटी ट्रिटमेन्टमा बेबी आयल वा नरिवल तेलले नियमित मसाज सामेल छ । उनी आफुलाई हाइड्रेट राख्छिन् । दैनिक आठ गिलास पानी पिउने गर्छिन् ।

हेल्दी र ग्लो स्किनका लागि दीपिका आहारमा अक्सर कार्बोहाइड्रेट र प्रोटिनको सन्तुलन मिलाउने गर्छिन् । स्किनलाई फ्रेस राख्नका लागि दिनमा एसपीएफका साथै मोश्चराइजर र रातमा हाइड्रेटिङर प्रयोग गर्छिन् ।

प्रियंका चोपडा

आफ्नो स्किनलाई राम्रो राख्नका लागि पि्रयंका बायो सेल्युएलोज फेशियल ट्रीटमेन्ट अपनाउँछन् । उनी खानपानमा पनि उत्तिकै सर्तक छिन् । छालालाई स्वस्थ्य राख्नका लागि कागती पानी, नरिवल पानी, बेसार दुध सेवन गर्छिन् ।

ऐश्वर्य राय बच्चन

ब्लिउडकी अधिकांश अभिनेत्री स्किन केयरको लागि प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् । यसमा ऐश्वर्य राय बच्चन किन पछि हट्थे । उनी आफ्नो छालाको डेड स्किन हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् । यसका साथै उनी घरमा आफै फेस मास्कू र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजरको रुपमा र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् ।

कैटरिना कैफ

कैटको हेल्दी र चमकदार छालाको राज हेल्दी डाइट र नेचुरल प्रोडक्ट नै हो । उनी मिनरल क्ले प्याक प्रयोग गर्छिन् । यसले डन्डिफोर र दाग धब्बाबाट टाढा राख्न सहयोग पुग्छ । उनी खानपानमा अधिक सर्तक छिन् । खानेकुरामा पौष्टिकताको ख्याल राख्छिन् । उनी स्किनकै लागि उसिनेको सब्जी वीटग्रास सेवन गर्छिन् । उनी नियमिन ग्रीन टि पनि सेवन गर्छिन् ।

अनुष्का शर्मा

अनुष्काको हेल्दी र ग्लोइङ स्किनको राज प्राकृतिक उत्पादन प्रयोग नै हो । उनी नीम पाउडर, दही, गुलाब जल र दुधले बनेको नीम फेसप्याक प्रयोग गर्छिन्, घरमै बनाएर । नीममा एन्टिब्याक्टेरियल, एन्टिफंगल गुण हुन्छ ।

अनुष्का एकदमै बढी पानी पनि सेवन गर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१