दशैमा मासु खादा ध्यान दिनुपर्ने कुराहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७४, मंगलवार ०४:२२

नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान् चाड भनेकै बडा दशैं हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।

यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्छ । सोही कारण भन्ने गरिन्छ, ‘दशैं आयो ढोल बजाई, गयो दशैं ऋण बोकाई’ विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ । तर, सानोसानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तव हाम्रो शरीरका लागि एकदमै अति आवश्यक तत्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने खतरा रहन्छ । आर्थाइटिस ९हाडजोर्नीसम्बन्धी रोग०को सम्भावना अत्यधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलष्ट्रोलको मात्रा पनि शरीरमा बढ्न जान्छ । यही कारण इच्छाएको परिकार खानबाट वञ्चित रहनुपर्ने हुन्छ ।

नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन् । फोहोर वधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोग सर्ने माध्यम बनेको पाइन्छ । यी र यस्तै कारणले विभिन्न किसिमका चाड मनाउनेबित्तिकै मानिसको अस्पताल भर्ना हुने सङ्ख्या निकै बढेको पाइन्छ ।

चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिरामी अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्याङ्कले देखाउँछ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्नेलगायत लक्षण देखिन थाल्छ । यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजीकको स्वास्थ्य संस्थामा गएर जँचाई हाल्नुपर्छ ।

दशैंका लागि खसीबोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । यस्ता लक्षण खसीबोका बिरामी भएको बेला देखाउने गर्छन् । अहिले काठमाडौं भित्रने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ ।

सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ हुन् भने रातो रङ दलिएका खसी बोका अस्वस्थ हुन्छन् । दुई–चार सयको लोभमा अस्वस्थ खसी बोका किनेर ल्याउँदा आफै भोलि बिरामी हुने खतरा बढी रहन्छ । त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

स्वस्थ्य मासु कसरी छान्ने  

  • मासु हलुका गुलाबी रङको हुन नहुने
  • मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुने
  • मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुन नहुने
  • मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनुपर्ने
  • मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु नहुने
  • मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरीका, तराजु सफा भए नभएको हेर्नु पर्ने

मासु खाँदा ध्यान दिनुपर्ने विषय

  • फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो
  • बासी तथा खुला स्थानमा राखेको मासु नखाने
  • काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने
  • पोलेका मासु ९सेकुवा, हाकु छोइला आदि० सकेसम्म नखाएकै राम्रो ।
  • राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
  • विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
  • बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्ट्याइएका परिकार, फलपूmल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू

  • घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
  • विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
  • सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
  • आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने
  • मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार नखाने
  • दैनिक व्यायाम गर्ने
  • आफू स्वस्थ नभएको महसूस भएमा माछामासुको प्रयोग गर्दै नगर्ने
  • सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने
  • आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०