जिन्दगीमा धनी ब्यक्ति बनेर विश्व चर्चित बन्न चाहानुहुन्छ ? अपनाउनुहोस् यि उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७४, मंगलवार ०३:५२

ज्याक मा एसियाकै धनी व्यक्तिको सूचीमा परेका व्यवसायी हुन्, ज्याक मा । २०१६ मा ब्लुमबर्ग इन्डेक्सअनुसार विश्वकै चर्चित अनलाइन रिटेल कम्पनी अलिबाबा ग्रुपका अध्यक्ष ज्याकको सम्पत्ति २३ अर्ब डलर छ । त्यसो त सबै धनी मान्छे सुखी हुँदैनन् । ज्याक मासँग धन र सुख दुवै छ ।

केही दिनअघि आफ्नो कम्पनीको वार्षिकोत्सव समारोहमा माइकल ज्याक्सनको गीतमा नाचेर उनले रमाइलो जीवनको महत्व प्रस्तुत गरे । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ?

ज्याक मा अध्यक्ष, अलिबाबा ग्रुप
१. सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।

२. जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।

३. संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।

४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।

५. आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।

६. तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।

७. तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन ?

८. कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।

९. हार मान्नुभएन भने तपाईंसामु अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो । नयाँ पत्रिकाले छापेको छ ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । आफँैप्रति गुनासो गर्न पनि छाड्नुहुन्न ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१