अब यो पेनले पत्ता लगाउछ १० सेकेण्डमा क्यान्सर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७४, मंगलवार ०३:४३

काठमाडौँ । क्यान्सरको नाम सुन्ने वित्तिकै हामी सवै डराउँछौं। यो बिरामी नै यति खतरनाक छ जसका कारण सबै डराउछन्।

तर यदी तपाईले एक सानो कलमको माध्मबाट १० सेकेण्डमा क्यान्सरको लक्षण पत्ता लगाउन सक्नु भयो भने ?

टेक्सस विश्वविद्यालयका वैज्ञानिककका अनुसार उनीहरुले एक यस्तो उपकरण बनाएको छन् जसलाई सजिलै हातमा बोक्न सकिन्छ र यसले १० सेकेण्डमा क्यान्सरको टिश्युलाई पहिचान गर्न सक्छ । यसले क्यान्सको उपचार सहज रुपमा गर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।

साइनस ट्रास्लेशनल मेडिसिनमा प्रकाशित एक रिपोर्टका अनुसार यो उपकरणको परीक्षण ९६ प्रतिशत मिलेको छ।

कसरी गर्छ काम ?
यो पेन यस्तो ठाउँमा राखिन्छ जहाँ क्यान्सर भएको सम्भावना हुन्छ । पेनबाट पानीको एक थोपो पनि निस्कन्छ ।

यसपछि जीवित कोशिकामा रहेको रसायन पानीको त्यस थोपा तर्फ जान्छ जसले परीक्षणका लागि फिर्ता लिन्छ ।
यस पेनलाई स्पेट्रोमिटरसँग जोडिएको हुन्छ । यो स्पेट्रोमिटर प्रत्येक सेकण्डमा हजारौं रसानको द्रव्यमापन गर्न सक्छ ।

यो पेनको सहायतमा एक प्रकारको रसायनिक फ्रिंगरप्रिन्ट तयार हुन्छ जुन डाक्टरलाई पत्ता लगाउन सहज हुनेछ कि टिश्यूमा क्यान्स छ कि छैन ।

यो प्रविधिको परीक्षण २ सय ५३ सेम्पलमा गरिएको छ । यो उपकरण आगामी वर्षदेखि प्रयोगमा आउने जनाइएको छ । यसअघि यो उपकरणमाथि अन्य कयौं प्रकारको परीक्षण गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१