केवल २ दिनमै अनुहार गोरो बनाउने १० घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०५:१९

एजेन्सी। मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन् । कतिपय गोरा व्यक्तिहरु पनि अनुहारको गोरोपनमा कमी आउनुको कारण तनावमा हुन सक्छन् । विभिन्न कारणले मानिसहरुको गोरोपनमा कमी आउँछ, जस्तै ः टन्टलापुर घाम, प्रदूषण, अनुहारको दाग धब्बा आदि ।
हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । किनकि यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । तर हामी आफैँले थोरै दिमाग लगाउने हो भने घरेलु उपायहरु अपनाएर पनि अनुहार गोरो बनाउन सकिन्छ । अनुहार तथा छाला गोरो बनाउन निम्न १० घरेलु उपायहरु अपनाउन सकिन्छ ः
१) बेकिंग सोडा ः बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।
२) दूध र केरा ः पाकेको केरालाई दूधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।
३) गुलाब जल ः गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाईंको छालामा चमक ल्याउँदछ ।
४) घ्युकुमारीको लेदो ः यसलाई अनुहार र घाँटीमा ३० मिनेट लगाउनुहोस् । यसले तपाईंको छालालाई गोरो, सफा र नरम बनाउने छ ।
५) सूर्यमुखीको बीउ ः थोरै सूर्यमुखीको बीउलाई रातभर दूधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यसमा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । केही दिनमै तपाईंको अनुहार गोरो हुनेछ ।
६) आँपको बोक्रा ः थोरै आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यसको प्रयोगले छाला गोरो हुनेछ ।
७) मह ः महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।
८) चिनीले घोटेर सफा गर्ने ः चिनीलाई कागतीको रससँग मिसाएर हातको मद्दतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।
९) नरिवलको पानी ः दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्दत गरी छालालाई गोरो बनाउँछ ।
१०) पानीको धेरै प्रयोग ः पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्दत गर्दछ । तपाईंलाई दिनमा ८ घण्टाको निद्रा लिनु जरुरी छ । यसले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१