चम्किलो अनुहार, नरम छाला अनि बलियो र कालो केशको लागि खानुस अम्बा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०५:०९

एजेन्सी । महिला होस् या पुरुष, सबैले चम्किलो अनुहार, नरम छाला अनि बलियो र कालो केश नै चाहन्छन्। तर हामी अल्छी छौँ या भनौँ आधुनिक प्रविधीप्रति हाम्रो विश्वास बढि छ, त्यसैले त हामी अनेकथरीका फेस वास, स्कीन क्रिम अनि हेयर क्रिम र स्याम्पूको प्रयोग गर्छौँ। तर यस्ता रसायनिक उत्पादनले फाइदा भन्दा बढि बेफाइदा गरिरहेको हुन्छ। कतिपयले डण्डिफोर अनि मुहारको दाग हटाउन फेसवास अनि क्रिमको प्रयोग गर्छन्, तर उनीहरूलाई थाहा हुँदैन कि फरक छालाको लागि फरक-फरक किसिमको फेसवास अनि क्रिमको जरुरत पर्दछ। त्यसैले जुनपायो त्यहि क्रिमको प्रयोगले झन् बढि डण्डिफोर आउने, अनुहार फुस्रो बनाउने जस्ता समस्याहरू देखा पर्न थाल्छन्।

हुन त यस्ता फेस वास तथा क्रिमहरूले ठीक नगर्ने होइन, तर यसको प्रयोग गर्नुभन्दा अगाडि आफ्नो छालाको प्रकार (चिल्लो या सुक्खा) जाँच गरेर मात्रै प्रयोग गर्नुपर्दछ।

तथापी, नरम अनि दागरहित छाला, बलियो कपालको लागि घरमै बसेर अलिकति मीहिनेत गरे मात्रै पनि पुग्छ। छाला र कपालको लागि सबैभन्दा राम्रो उपाय हुन्छ- अम्बा (बेलौती)!Basket of Guava

भिटामिन-ए र सी प्रशस्त पाइने यस फल हाम्रो आँखा, छाला र कपालको लागि सबैभन्दा उचित फल हो। वास्तवमा भन्ने हो भने यसलाई पौष्टिक तत्वहरूको भण्डार भन्न सकिन्छ, किनभने यसमा फोलिक एसिड, पोटासियम, तामा तथा माङ्गानीज जस्ता छालाका कोषहरूलाई बलियो अनि स्वस्थ बनाउने, कपाल झर्ने समस्यालाई हटाउने तत्वहरू पाइन्छन्। त्यसैले त कतिपय कस्मेटिक कम्पनीहरूले कपाल र छालाको उपचारको लागि यहि फलको प्रयोग गर्ने गर्छन्।

अम्बा भिटामिन-के को पनि राम्रो स्रोत हो, जसले छालाको दाग धब्बा, डार्क सर्कल तथा डण्डिफोर जस्ता छालाका समस्याहरूको उपचार गर्न मद्दत गर्दछ। अम्बामा ‘लाइसोपीन’ नामक एण्टिअक्सिडेण्टको उपस्थितीले हाम्रो छालालाई सूर्यबाट आएका हानिकारक विकिरणहरूबाट सुरक्षा गर्दछ। साथै यसमा ८०% जति त पानी नै हुन्छ, त्यसैले यो फल खाँदा शरीरमा निर्जलीकरण हुनबाट पनि बचाउँदछ।

शारीरिक स्वास्थ्यमा अम्बाका फाइदाहरू थुप्रै छन्। छाला र कपाललाई स्वस्थ र मजबुत बनाउने त छँदै छ, त्यसलगायत यसले रक्तचापमा नियन्त्रण गरी शरीरमा शीतलता प्रदान गर्दछ। यसमा रहेको फाइबरले पाचनप्रक्रियामा पनि सुधार ल्याउँदछ। तर ध्यान के दिनुपर्दछ भन्दा, अम्बा खाँदा त्यसका बियाँलाई राम्रोसँग चपाएर खानुपर्दछ, नत्र पेट दुखाउँछ। यसमा रहेको फलामले गर्दा शरीरमा भएका पुराना रक्तकोषहरूलाई हटाएर नयाँ र स्वस्थ रक्तकोषको उत्पादनमा मद्दत पुर्याउँदछ।

अम्बाको प्रयोग कसरी गर्ने?
  • यसलाई काँचै खाँदा (राम्ररी चपाएर) पनि अनेकौँ फाइदाहरू पाउन सकिन्छ। त्यसलगायत विहान यसको जुस पिउँदा दिनैभरी शरीरमा पानीको कमि हुन दिँदैन र शरीरलाई शीतल बनाइराख्दछ।
Guava Juice
  • राम्रोसँग पाकेको तर नकुहिएको अथवा नगिल्थिलिएको अम्बाको बाहिरी बोक्राबाट भित्रको गुदी छुट्याउनुहोस्। बाहिरको बोक्रालाई अनुहारको छालामा दैनिक लगाउनाले डण्डिफोर र डार्क सर्कलबाट छुट्कारा पाउन सकिन्छ।
  • आगोले पोलेको जलन र पीडाबाट मुक्त पाउन लागि एकछिनसम्म अम्बाको बोक्रा लगाउनु पनि उचित हुन्छ।
  • भित्रको गुदीलाई राम्रोसँग पिसेर लेदो बनाएर डण्डिफोर आएको ठाउँमा लगाउँदा त्यसबाट छुट्कारा पाउन सकिन्छ। साथै नुहाउनु भन्दा अगाडि गुदीको लेदोलाई कपालको जरासम्म भिज्ने गरी लगाउनुहोस्। यसको नियमित प्रयोगले कपाल झर्ने, टुक्रिने समस्याबाट राहत दिई कपाललाई नरम तर बलियो अनि सिल्की बनाउन पनि मद्दत गर्दछ।

a girl eating Guava

कस्तो अम्बा नखाने?

घाममा सेक्किएर ओइलाउन लागेको, घामले पाकेर गिल्थिलिएको अनि छाम्दा गिलो-गिलो भएको अम्बा नकिन्दै उचित हुन्छ। यसरी गिल्थिलिएको अम्बामा ब्याक्टेरिया प्रवेश गरिसकेको हुन्छ जसको कारण चाँडै कुहिन्छ र फाइदा होइन बेफाइदा चाहिँ गर्छ।Rotten Guava

कस्तो व्यक्तिले अम्बा खानुहुँदैन?

मानिसहरूको के सोँच छ भन्दा रुघाखोकीले ग्रस्त भएको बेला अम्बा, केरा अनि सुन्तला जस्ता फलफूल खानुहुँदैन, यसले झन् रुघाखोकीलाई बढाउँछ। तर यो केवल भ्रम हो। रुघाखोकीलाई त्यस्तो फलफूलले बढाउँछ, जुन फलफूल कुहिन लागेको छ अथवा दाग लागेको र गिल्थिलिएको छ। ताजा र सफा फलफूलले रुघाखोकीलाई कहिल्यै पनि असर गर्दैन।pair of Guava in a tree

तथापी, झाडापखाला तथा पेटमा गडबडी भएका व्यक्तिहरूले भने अम्बा, केरा जस्ता बढि फाइबर पाइने फलफूहरू खानुहुँदैन। किनभने यस्ता फलफूलहरूमा बढि फाइबर हुने गर्छ र बढि फाइबरलाई गडबडी भएको पेटले राम्रोसँग पचाउन सक्दैन र झन् बढि पेट दुखाउने, पखाला लगाउने समस्या निम्त्याउन सक्दछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१