अस्ट्रेलियाविरुद्ध सिरिज भारतले २ खेल अघि नै जित्यो, तेस्रो खेलमा ५ विकेटको जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०४:३३

इन्दौर ।  अस्ट्रेलियासँगको पाँच खेलको एकदिवसीय सिरिज भारतले २ खेल अघि नै जितेको छ। लगातार तेस्रो जित निकालेर टेस्ट कब्जा गर्ने क्रममा भारतले तेस्रो खेलमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्‍यो।

अस्ट्रेलियाले दिएको २ सय ९४ रनको लक्ष्य भारतले ४७।५ ‌ओभरमा ५ विकेट गुमाएर भेट्टायो। भारतको जितमा हार्दिक पान्ड्याले सर्वाधिक ७८ रन जोडे । उनले ७२ बलमा ५ चौका र ४ छक्का हिर्काए।

ओपरन अजिन्का राहाणेले ७० तथा रोहित शर्माले ७१ रनको योगदान दिए। राहाणेले ७६ बलको सामना गरेर ९ चौका तथा रोहितले ६२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले २८ तथा मनिष पान्डेले नटआउट ३६ रन वटुले । बलिङतर्फ अस्ट्रिलियाका पाट कमिङ्सले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा २ सय ९३ रन जोड्यो। अस्ट्रेलियाका लागि आरोन फ्रिन्चले १ सय २४ रन बटुले । उनले १२५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे। डेविड वार्नरले ४२ तथा कप्तान स्टिभ स्मिथले ६३ रन जोडे। बलिङतर्फ जस्प्रित बुमराह र कुलदीप यादवले २–२ विकेट लिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१