मध्यरातमा ब्युँझेपछि सुत्न गाह्रो भएमा कहिल्यै नगर्नुस् यी दुई चीज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७४, आईतवार ०५:३७

काठमाडौं । मध्यरातमा निद्राबाट ब्युँझेपछि फेरि सुत्न निकै समस्या हुने गर्छ। यसरी सुत्न नसक्दा भोलिको दिनभरी तनाव हुने गर्छ।

उठेपछि कसैको घडी हेर्ने र पानी खाने बानी हुन्छ । निद्रा विशेषज्ञका अनुसार यी दुई चीज मध्यराती उठ्ने बेला कहिलेपनि गर्नुहुँदैन।

राति उठेर घडी हेर्ने बानी नगर्नुस्

राति पूरै समय सुत्न नसक्नु धेरै युवाहरुको समस्या हुने गर्छ । यस्तो समस्याबाट डराउनु नपर्ने डाक्टर माइकल ब्रेस बताउँछन् । राती उठ्दा घडी हेर्ने बानीका कारण धेरैजनाको निद्रामा समस्या हुने उनले बताए ।

यदि तपाइँलाई विहानै उठ्नु छ भने घडीमा अलाम राख्नुसक्नु हुन्छ तर राती उठेर घडी हेर्ने बानी गर्नुहुँदैन यसले निदाउन समस्या हुन्छ ।

अनावश्यक शौचालय नजानुस्

निद्राबाट उठ्ने बितिकै अस्थीर हुँदै शौचालय जान खोज्दा वा पानी पिउँदा शरीरमा रक्तसञ्चार छिटोछिटो हुने गर्छ । बेडमा सुतिरहेकै अवस्थामा शरीरमा रक्तसञ्चार सामान्य हुने गर्छ ।

मध्यराती उठेर यसो गर्दा फेरि निदाउन समस्या हुनसक्छ । राती उठीसकेपछि कोहीको शौचालय जाने बानी हुनसक्छ । अत्यावश्यक अवस्थामा बाहेक मध्यराती उठेर शौचालय जाने बानीले गर्दा निदाउन समस्या हुन्छ ।

त्यसैले ब्युँझेपनि शरीरलाई स्थीर बनाएर सुतिराख्नु नै उपयुक्त हुने गर्छ । शरीरलाई सकेसम्म आराम अवस्थामा राख्न सक्नु नै निदाउने राम्रो उपाय हो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१