ओखलढुंगाका कांग्रेसमा उम्मेदवारका आकांक्षी बढदै, को को छन उम्मेदवारका आकांक्षी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७४, शनिबार ०६:२७

काठमाडौ । नेपाली कांग्रेस ओखलढुंगामा यतिबेला उम्मेदवार छान्न सकस भइरहेको छ । उम्मेदवारका आकाक्षी धेरै भएपछि छनौट गर्न सकस भएको हो । ओखलढुंगा जिल्ला त्यसैपनि कांग्रेसको ऐतिहासिक जिल्ला ओखलढुंगा जिल्ला भएका कारण सबैको नजर यतिबेला ओखलढुंगा तिरै गएको छ । २०३१ सालको काण्डले गर्दा ओखलढुंगा कांग्रेसको ऐतिहासिक जिल्लाको रुपमा लिने गरेको छ ।
यस जिल्लामा निर्वाचनका बेला सबैको ध्यान जाने गरेको छ । आउदै गरेको केन्द्रको निर्वाचन तथा प्रदेशको निर्वाचनका लागि ओखलढुंगामा उम्मेदवारका आकांक्षी बढेका छन । केन्द्रका लागि १ क्षेत्र र प्रदेशका लागि २ निर्वाचन क्षेत्र भएको ओखलढुंगामा उम्मेदवारका आकाक्षी भने दर्जनौ पुगेका छन । कोही केन्द्रका लागि दावी गरेर प्रदेशमा चित्त बुझाउने छन भने कोही प्रदेशका लागि मात्र लडने उदघोष गर्दै हिडेका छन ।
केन्द्रका लागि दावी गर्नेहरुमा रामहरी खतिवडा, बालकृष्ण दाहाल, खिलानाथ दाहाल, प्रदीपकुमार सुनुवार, लिला बल्दव दाहाल, मित्रसेन दाहाल, बाला अधिकारी गोमा केसी लगायतले केन्द्रको उम्मेदवारको लागि आकाक्षा राखेका छन । त्यसमा कतिपय नेताहरु केन्द्रमा आकाक्षा राखेपनि क्षेत्रमा चित्त बुझाउनेमा पर्दछन ।
त्यसैगरी क्षेत्रमा आकाक्षा राख्नेहरुमा तेजेन्द्र खनाल, डिल्ली खनाल, कमल तामाङ, कुमार लुइटेल, बद्री दाहाल, रामजी बास्तोला, ज्ञानेन्द्र रुम्दाली, अशोक कार्की, शान्तिराम उम्मेदवारका आकाक्षी रहेका छन ।

कुन आधारमा कसले पाउने छ टिकट
पार्टी सभापति शेरबहादुर देउवाको नजिक रहेका रामहरी खतिवडा ओखलढुंगाबाट केन्द्रका लागि आकाक्षीमा छन । प्रचण्ड सरकारका पालादेखि नै मन्त्री बन्ने बाहिर आएपनि पार्टी भित्रको भागबण्डाका कारण देउवाले उनलाई मन्त्री बनाउन सकेका थिएन । आफुले मन्त्री बनाउन नसकेपछि कहि न कतै खतिवडालाई समेटने देउवाको योजना छ । तर टिकट दिने कि अन्त कतै स्याटल गर्ने भन्ने कुरा यकिन छैन । तर खतिवडा भने टिकट लिएर चुनावी मैदान जाने तयारीमा लागिरहेका छन ।

नेपाल टे«ड युनियन कांग्रेसको अध्यक्ष खिलानाथ दाहाल पनि यसपालि भने ओखलढुंगा जिल्लाको केन्द्रको लागि उम्मेदवारका आकाक्षी हुन । केन्द्रको टिकटका लागि उनी स्थानीय कार्यकर्ताहरुसंग परामर्श गर्दै टिकटको लागि दावी गर्ने तयारीमा छन । दाहालले कार्यकर्ताको सल्लाह अनुसार आफु उम्मेदवार बन्ने सोचमा रहेका छन । यति बेला दाहाल कार्यकर्ताहरुको राय सल्लाह संकलनमा व्यस्त रहेका छन । दाहाल पनि सभापति देउवा निकटकै रहेका छन ।

कोइराला परिवार निकटमा बालकृष्ण दाहाल पनि केन्द्रको उम्मेदवारका आकाक्षी हुन । उनी २०६४ सालको संविधान सभाको निर्वाचनमा र २०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र न १ का लागि टिकट पाएका थिए । तर विजयी हासिल गर्न नसकेका दाहाल यस पालिको निर्वाचनका लागि पनि उम्मेदवारका आकाक्षी बनेका छन ।

यता जिल्ला सभापति प्रदीप कुमार सुनुवार पनि देउवा निकटकै हुन । उनी पनि केन्द्रको टिकटको लागि आकाक्षा राखेका छन । त्यसैगरी मित्रसेन दाहाल पनि केन्द्रको उम्मेदवार बन्ने दाउमा छन । उनी केन्द्रको टिककटको लागि लविङ गरिरहेका छन । त्यसैगरी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि लिला बल्दव दाहाल पनि केन्द्रका लागि आकाक्षी बनेका छन । विद्यार्थी राजनीति गर्दै आएका दाहाल पछिल्लो समयमा ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि समेत रहेका छन । उनी पर्यटन व्यवसायी पनि हुन । ट्रेकिङ एजेनसी एशोसियसन अफ नेपाल (टान) का कोषाध्यक्ष समेत रहेका दाहाल आफु केन्द्रको लागि आकाक्षी रहेको बताएका छन ।

त्यसैगरी प्रदेशका लागि जिल्लामा संगठन गरिरहेका तेजेन्द्र खनाल आकाक्षी बनेका छन । केन्द्रीय नेता एनपी साउदको नजिकका व्यक्तिका रुपमा खनाल चिनिन्छ । त्यसैगरी उनका काका डिल्लीराम खनाल पनि प्रदेशका लागि आकाक्षी बनेका छन । पार्टी संगठनमा पूर्व क्षेत्र हेने ज्ञानेन्द्र बहादुर कार्की निकट खनाल कार्की दयाँ गरेभने टिकट पाउनेमा आशावादी रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१