रोनाल्डो सहित मैदानमा उत्रिएको रियल मड्रिडलाई गम्भीर धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७४, शनिबार ०६:२३

एजेन्सी । पाँच खेलको प्रतिबन्धपछि क्रिष्टियानो रोनाल्डो टिममा फर्किएको रियल मड्रिडलाई स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत यो सिजनमा गम्भीर धक्का लागेको छ।

लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भयो। घरेलु मैदान बर्नाबेउमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित बराबरीमा खेलेको रियल मड्रिडलाई इन्जुरी समय घातक बन्यो।

पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा रियल मड्रिड जोगिन सकेन।

यो सिजन ला लिगामा रोनाल्डोको यो नै पहिलो खेल हो। इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा खाएको गोल रियलका लागि महंगो साबित भयो। रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले गोल गरे।

रोनाल्डोसहित रियल मड्रिडका अरु खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए। तर गोल भने गर्न सकेनन्। रियल बेटिससँगको हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ। रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१