यो जीवको रगतलाई मानिन्छ अमृत, एक लिटरलाई १५ लाख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७४, शनिबार ०६:२१

पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा पनि कम छैन। यसको रगत निलो रंगको हुन्छ । तर दुर्भाग्य सोही रगतका कारण यो जीवले ज्यान गुमाइरहनुपरेको छ।

यो जीवको नाम हो, Horse Shoe Crab। यसको वैज्ञानिक नाम Limulus polyphemus हो। यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ। करोडौँ वर्षमा पनि यसको आकार प्रकारमा कुनै परिवर्तन भएको छैन। मेडिकल साइन्समा यो गँगटोको रगत यसको ब्याक्टेरिया प्रतिरोधी गुणका कारण प्रयोग गरिन्छ।

यसको रगत निलो हुनुका कारणले रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ। जबकि रातो रगत हुने जीवको रगतमा हेमोग्लोबिन हुन्छ।

यो जीवको रगतलाई बिरामीको जिउमा सुइबाट पठाएर जिउभित्र रहेका खतरनाक ब्याक्टेरिया पहिचान गर्नमा प्रयोग गरिन्छ । साथै यसले मानिसमा प्रयोग गरिने औषधिहरु दुष्प्रभावको बारेमा पनि पत्ता लगाउँदछ।

सायद यही महत्त्वले गर्दा होला यो गँगटोको रगत १५ हजार डलर प्रति लिटरमा बिक्दछ। अनि हरेक वर्ष ५ लाखभन्दा धेरै यस्ता गँगटोको रगत निकालिन्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१