२ वटा ल्वाङले हटाउनेछ १० वटा स्वास्थ्य समस्या, यसरी प्रयोग गर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७४, शनिबार ०६:१५

एजेन्सी। ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि हुन्छ। यसको प्रयोगले खानाको स्वाद त आउँछ नै त्यसबाहेक औषधीको रुपमा प्रयोग गर्दा यसले अनेकौं स्वास्थ्य समस्यामा फाइदा हुन्छ।

उत्तराखंड आयुर्वेद विश्वविद्यालयका स्वास्थ्य वृत्त विभागमा हेड अफ डिपार्टमेन्ट डाक्टर अवधेश मिश्राका अनुसार ल्वाङमा स्वास्थ्य सन्तुलित बनाउने र समस्याबाट बचाउने कैयौं गुण हुन्छन्। जानौं ल्वाङका फाइदाहरु :

१. ग्याष्ट्रिकः एक कप उम्लिरहेको वानीमा २ वटा ल्वाङ पिसेर राख्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस्।
२. दाँत दुखाइः १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घोटेर दाँतमा लगाउनुहोस् । पीडाबाट राहत पाइनेछ।
३. मुखको दुर्गन्धः २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउनुहोस् । मुखको दुर्गन्धबाट छुटकारा पाउनुहुनेछ।
४. मुखमा फोका उठ्नुः २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नुहोस् । फोका पर्दा राहत हुनेछ।
५. पखाला र ज्वरोः २ ल्वाङ र ४÷५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउनुहोस्।
६. गर्धन दुखाइः २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्नुहोस्।
७. पेटमा जुका वा अन्य परजीवी पर्नुः २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खानुहोस्।
८. स्ट्रेसः २ ल्वाङ, तुलसी र पुदिनाका ७–८ वटा पात, एउटा सानो सुकमेल पानीमा उमालेर पिउनुहोस्।
९. टाउको दुखाइः २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्नुहोस्।
१०. रुखो कपालः २ वटा ल्वाङ आधा कप ओलिभ तेलमा मिसाएर मधुरो आँचमा तताउनुहोस् । सेलाएपछि कपालमा लगाउनुहोस्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१