सुत्नुअघि गर्नुस् पाइतालाको मालिश, पाउनुस् भरपूर फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७४, बिहीबार १९:२६

काठमाडौं । मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।

हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन् । यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ । यहाँ हामी राति मालिश गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।

मेटाबोलिजम
सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ ।
तौल घटाउन
आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पाइतालमा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ ।

तनाव घटाउन
दिनभरि कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पाइतालाको मालिश गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण
उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिश वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिश गर्नुस् ।

सम्भोगमा सहयोगी
पाइतालमा मालिश गर्दा तपाईंको सेक्स लाइफ पनि गजबको हुन्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०