पटक-पटक भुल्ने बानी छ भने अपनाउनुहोस् यी घरेलू उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७४, बिहीबार १९:०२

हामी सबैलाई जानकारी भएकै कुरा हो कि हाम्रो खानपानको असर हाम्रो शरीरमा पर्छ । तर हाम्रो खानपानको असर स्मरणशक्तिमा पनि पर्छ । यदि हाम्रो मस्तिष्कलाई आवश्यक पोषक तत्व प्राप्त नहुँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । आज हामी केहि घरेलू उपचारको बारेमा चर्चा गर्दैछौँ, जसको मद्दतले तपाईको स्मरणशक्ति बढाउन सक्छ ।

बदाम
बदाममा एन्टीअक्सीडेन्ट र ओमेगा घ एसिड पाइन्छ । जसले हाम्रो स्मरणशक्ति बढाउँछ । राती ४(५ बदाम भिजाउनुहोस् र बिहान यसको छिल्का निकालेर दुधको साथमा खानुहोस् ।

ओखर
ओखर दिमागको लागि निकै राम्रो मानिन्छ । यसले दिमागमा हुने कमजोरीलाई पहिचान गरी यस समस्यालाई समाधान गर्छ । दिनहुँ बिहान नियमित रूपले २० ग्राम अखरोटको सेवन गर्नुहोस् ।

फर्सीको बियाँ
फर्सीको बियाँमा भरिपूर्ण मात्रामा जस्ता पाइन्छ । यसकारण यो दिमागको लागि राम्रो मानिन्छ । फर्सीको बियाँको सेवनले राम्रो निन्द्रा पनि लाग्छ ।

नरिवल तेल
नरिवलको तेलले हाम्रो दिमागको कोशिकालाई इन्धन दिन्छ । जसले हाम्रो स्मरणशक्ति बढ्छ । तपाई चाहनुहुन्छ भने नरिवलको तेललाई खानामा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई यसो गर्न सक्नुहुँदैन भने नियमित रूपमा नरिवलको तेलले आफ्नो टाउको मालिश गर्नुहोस् ।

राम्रो निन्द्रा
नियमित रूपमा सुत्नुपर्दछ, जसले हाम्रो दिमाग शान्त रहन्छ र स्मरणशक्ति बढ्छ । हाम्रो दिमागको प्रयोग गर्दा दिमाग थाक्छ । यसकारण ७(८ घण्टाको प्रयाप्त निन्द्रा लिनुहोस्ब । यसले दिमागलाई ताजा बनाईराख्छ ।

नियमित एक्सरसाइज
नियमित रूपमा एक्सरसाइज गर्नुहोस् । यसले तपाईको दिमागको साथै शरीरमा रक्त प्रवाह सन्तुलित ढंगले हुन्छ । मेडिटेशन, गहिरो श्वासप्रश्वास जस्ता यौगिक क्रियाकलाप गर्नुहोस् । यसले स्मरणशक्ति बढाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१