८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७४, बिहीबार ०७:१६

काठमाडौं । सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ ।

‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ नाका भएरै उनी भागेकी हुन् । उनका श्रीमान् पनि चीन गइसकेको प्रहरी अनुमान छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

कारोबारीहरू पुरानै
मुख्य नाइके भागेपछि चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुनपसलेहरू भने पक्राउ परेका छन् । सुन बरामद भएको दुई सातापछि थप पाँच व्यवसायी पक्राउ परेका हुन् ।

उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिस्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल दुई वर्षअघि पनि नौ किलो सुनसहित पक्राउ परेका थिए । ८८ किलो सुन तस्करीमा पनि उनको संलग्नता भेटिएको एसएसपी लोहनीले बताए ।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीसहित प्रहरीले रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी गर्ने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको हो । उनीहरूमध्ये अग्रवाल र बडू चिनियाँको व्यवसायी साझेदार भएको एसएसपी लोहनीले बताए ।

अन्य तीनजना उनीहरूबाट तस्करीको सुन लिएर कारोबार गर्ने व्यक्ति हुन् । ‘तस्करीमा यिनीहरू मात्र संलग्न छन् भन्ने होइन,’ एसएसपी लोहनी भन्छन्, ‘ठूलो गिरोह नै संलग्न छ ।’ धेरैजसो न्युरोड क्षेत्रमा सुनपसल चलाउने भएको प्रहरी स्रोत बताउँछ ।

सुन र नगद बरामद
पक्राउ परेकाबाट प्रहरीले सुन तथा नगद पनि बरामद गरेको छ । बडुबाट १० लाख नेपाली रुपैयाँ, आठ हजार भारु तथा एक हजार एक सय अमेरिकन डलर प्रहरीले बरामद गरेको हो । त्यस्तै शाक्यबाट एक करोड ९२ लाख नगद र एक केजी दुई सय नौ ग्राम सुन बरामद भएको छ । अग्रवालबाट १३ लाख ५० हजार बरामद भएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

गत १९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थिये । सुन तस्करीमा सहयोग पु¥याएको आरोपमा तीन चालकसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रहरीले १९ भदौमा मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । उनलाई बा।१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पु¥याउन लगाइएको थियो । सोही गाडी रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पनि पक्राउ प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०