दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७४, बुधबार ०६:४८

काठमाडौं। दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो ।

विभागका शाखा अधिकृत तथा दरबारमार्गको विषयका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार,

व्यवसायीले दिएको बयानको आधारमा प्रतिवेदन तयार पारेका छौं ।

अनुसन्धानका क्रममा व्यवसायीले सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बिक्री गरेको पाइएको छ ।

व्यवसायीले भने कर्मचारी खर्च, भाडासहित गरेर ५ देखि २० प्रतिशत मात्रै नाफा राखेको दावी गरेका छन् ।

कानुनी रुपमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था भएकाले उनीहरुले सोही दाबी गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१