के हो र किन मनाउने दशैँ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७४, बुधबार ०६:०९

– विष्णु बस्नेत
बडादशैँ अर्थात् विजयादशमी अधिकांश हिन्दूहरूले मनाउने चाड हो । चलनचल्तीको भाषामा भारतमा दसहरा र नेपालमा दशैँको नामले जानिन्छ । हिन्दूहरूले मनाउने अधिकांश पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् । त्रेतायुगमा भगवान् राम र शिवभक्त रावणबीच भएको युद्ध र त्यसको परिणाम सम्झाउन यो पर्व मनाउन थालिएको हो भनेर भनिन्छ । हामीले मनाउने बडादशैँको निम्नानुसारको ऐतिहासिक, आध्यात्मिक र सामाजिक महत्व रहेको छ ।
बडादशैँको ऐतिहासिक महत्व स्
रावणले गरेको घोर तपको फलस्वरूप मृत्युन्जयको वरदान पाएपश्चात् आफू अजर, अमर र अजेय भएको घमण्डले अहङ्कारी हुन पुग्यो । एकपटकमा दशवटासम्म टाउको सिर्जना गर्न सक्ने सिद्धि प्राप्त गरेको रावणलाई मार्न असम्भवप्रायः नै थियो । अनन्तकालसम्म राज्य भोग गर्ने इच्छाले प्रसस्त धन आर्जन गरेको रावणले आफ्नो दरबार सुनको इँटाले बनाएको थियो भनेर भनिन्छ । पृथ्वीमा जन्मेको जो–कोहीले पनि आफ्नो आयु पूरा गरेपश्चात् मर्नैपर्छ । तसर्थ, सृष्टिनियमको पालना हेतु अहंकारी रावणको अन्त्य आवश्यक थियो र उसको बध गर्न सदाशिवले भगवान् विष्णुको सहायता लिनुप¥यो । नाटक मञ्चन भयो, युद्ध भयो । सात दिनको युद्धमा दश शिरवाला रावणको हार भयो । यसको सङ्क्षिप्त रूप दसहरा बन्न पुग्यो । यही ऐतिहासिक घटनालाई सम्झिनका निम्ति हरेक वर्ष दसहरा वा दशैँ मनाइँदै आएको छ । नेपालमा मनाइने दशैँ र भारतमा मनाइने दसहराको प्रकृति केही फरक रहेको छ ।
बडादशैँको आध्यात्मिक महत्व स्
पञ्चमहाभूत ९पृथ्वी, जल, तेज, वायु, आकाश० को संयोजनबाट बनेको शरीरमा पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय र एक सूक्ष्म इन्द्रीय गरी जम्मा एघार इन्द्रीय रहेका हुन्छन् । मानवले मन लागेको कर्म गर्छ, तर मन इन्द्रीयको वशमा हुन्छ । मीठो खाने, राम्रो लाउने, ऐशआराम गर्न खोज्नु यसको स्वभाव हो । मानवको जीवनचक्र कर्म र फलमा नियमित हुन्छ । कर्म र फल केही हदसम्म उसले लिने आहारसँग जोडिएको हुन्छ । भनिन्छ, जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै व्यवहार, जस्तो व्यवहार त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल । तसर्थ आहार परोक्ष रूपमा फलसँग जोडिएको हुन्छ । आत्मानुभूति गराउने प्रथम दश दिनको समय निकै महत्वपूर्ण रहने गर्दछ । यो नै मुख्य आधार वा जग हो । यस अवधिमा साकाहारीवर्गभित्र पर्ने सात्विक आहार मात्र ग्रहण गर्नुपर्दछ । वर्जय दश इन्द्रीयबाट अपभ्रंश र सङ्क्षिप्त रूप बडादशईं हुँदै बडादशैँ भएको हुन सक्दछ । दश दिनको प्रयासमा दश इन्द्रीयहरूलाई शान्त बनाउँदै ११औँ इन्द्रीयलाई प्रबल बनाएर एकादशीको दिनमा अल्पहार गरी ध्यान बस्ने र चन्द्रमाको वृद्धिसँगै आत्मासाक्षात्कारको बाटोमा अघि बढ्नु नै बडादशैँको आध्यात्मिक महत्व हो ।
बडादशैँको सामाजिक महत्व स्
नेपालमा मनाइने दशैँको आफ्नै मौलिकता छ । जसको सम्बन्ध हाम्रो सामाजिक परिवेशसँग जोडिएको छ । नेपालमा मनाइने दशैँ विशेष परिस्थितिको सिर्जना हो । नेपाल स–साना राज्यमा छरिएर रहेको समयमा छिमेकी राज्यहरूमा स–साना कुरामा समेत जुँगाको लडाइँ भइरहन्थ्यो । समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न विशेष तालिमप्राप्त दस्ता थिएनन् । समाजमा कुनै आपत्विपत् आइपरेमा गाउँमा रहेको कटवालले हाँक लगाई उर्दी जारी गर्दथ्यो । सोहीअनुसारको काम गर्नयोग्य युवायुवती भेला भई परिआएको काम फत्ते गर्ने चलन थियो । कसैसँग युद्ध गर्नुपरेमा उनीहरूले आ–आफ्नो घरमा भएका हातहतियार लिएर जम्मा हुन्थे । त्यसप्रकारको लडाकु दस्तालाई एक–आपसमा कसरी समन्वय गरी लडाइँ गर्ने भन्ने निश्चित तालिम थिएन । समयको मागसँगै यी युवालाई प्रत्येक वर्षको एकपटक अनुकूल समयमा पन्ध्रदिने युद्धकलासम्बन्धी तालिम दिइने व्यवस्था मिलाइयो । प्रतिरक्षाका लागि बनाइने दुर्ग वा कोतको स्थान अग्लो ठाउँमा छानिन्थ्यो । हातहतियार वा खरखजना सुरक्षित तरिकाले राखिने स्थानलाई कोत भनिन्छ । पन्ध्रदिने युद्धकलामा सुरुका दश दिन प्रतिरक्षा र पछिल्लो पाँच दिनमा हमलासम्बन्धी तालिम गराइन्थ्यो । पन्ध्रदिने तालिमका प्रमुख दिनहरूलाई निम्नानुसार लिन सकिन्छ ।
९क० तयारीको अवस्था स् कटवालले उर्दी जारी गरेपश्चात् गाउँमा रहेका युवायुवती भेला भई दुर्ग ९गढी, किल्ला० सम्म जाने बाटोको निर्माण वा मर्मत गर्ने, नवदुर्गको निर्माण, मर्मतसम्भार गर्ने, लडाइँका लागि चाहिने आवश्यक युद्ध–सामग्रीहरूको जोहो र भण्डारण गर्ने ।
९ख० दुर्गको निर्माण र स्थापना स् दुर्ग भनेको डिफेन्सका लागि निर्मित विशेष संरचना हो । पण्डितजीले पूजाकर्म गर्दा हाल्ने विशेष प्रकारको रेखी दुर्गको नक्सा हो । यसमा वरिपरिको गोलाइमा आठवटा र बीचमा एउटा गरी नौवटा दुर्गहरू रहेका हुन्छन् । यो विशेष संरचनाको सहयोगले चारैतिरबाट आउने शत्रुहरूलाई समानुपातिक रूपमा प्रतिकार गर्न सकिन्छ । भूकम्पीय दृष्टिले समेत मजबुत र बढी सुरक्षित रहने यस संरचनालाई नौदुर्ग भनिन्छ ।
९ग० फूलपाती स् प्रतिरक्षा तालिमको सातौँ दिनमा आफू युद्धका लागि तयार भएको, तर जाई कटक नगर्ने र झिकी कटक गर्ने नीति रहेकाले युद्ध गरिने विपक्षीलाई युद्ध वा सम्झौताका लागि छनोटका लागि सौगात ९फूलपाती० पठाउने वा साटासाट गर्ने चलन थियो । यसप्रकारको फूलपातीलाई शान्ति र समृद्धिको सगुनस्वरूप हर्षोल्लासमय वातावरणमा बाजागाजासहित नाचगान गर्दै भिœयाइन्थ्यो ।

९घ० अष्टमी स् शान्ति–सम्झौता नभएको खण्डमा युद्ध निश्चित हुन्थ्यो । कमजोर मुटु हुने योद्धाहरूलाई त्यस इलाकावरिपरि उपलब्ध हुनसक्ने भेडा, बाख्रा, हाँस, कुखुरा, सुँगुर, पाडा आदि काट्न लगाई रगतसँग खेलाएर सुरो बनाउने काम गरिन्थ्यो ।
९ङ० नवमी स् हमलाको तयारी र युद्धमा जानुअघि आ–आफ्नो घरपरिवार र नातागोतालाई भेटघाट गर्न नवमीको दिनदेखि दुई दिनको कार्यक्रम रहन्थ्यो । नवमीको दिन योद्धाहरू आ–आफ्नो घर फर्किन्थे ।
९च० दशमी स् एकादशीबाट हमलाको अभ्यास सुरु हुने हुँदा योद्धाहरूले आ–आफ्नो मान्यवर तथा नातागोतालाई भेटघाट गर्न उनीहरूको घरमा जाने गर्दथे र मान्यवरले आफूभन्दा सानोलाई रातो टीका लगाई विजयश्रीको आशीर्वाद दिने गर्दथे । यसैलाई अचेल विजयादशमी भनेर भनिन्छ ।
९छ० हमलाको पाँचदिने अभ्यास स् एकादशीदेखि पूर्णिमासम्म हमलाको अभ्यास गरिन्थ्यो । यस अवधिमा दुर्ग व कोतलाई कसरी घेराबन्दी गर्ने, शत्रुलाई कसरी मार हान्ने, शत्रुको हमलाबाट आफूलाई कसरी बचाउनेजस्ता कलामा अभ्यास गराइन्थ्यो । आजसम्म पनि नेपालको कहीँकतै यसप्रकारको चलन र अभ्यास रहेको पाइन्छ । गुल्मी जिल्लामा यसलाई सरायखेल भनेर चिनिन्छ । विजयादशमीको टीकापश्चात्का दिनहरूमा त्यहाँका स्थानीय बासिन्दा आफूसँग उपलब्ध रहेका घरेलु हातहतियार वा लठ्ठी लिएर रातको समयमा नजिकको कोतमा भेला हुन्छन् र लडाइँको अभ्यास गर्दछन् । यसक्रममा कोतलाई चारैतिरबाट घेराबन्दी गर्दै मार हान्ने, छेक्ने–छल्ने अभ्यास गरेको पाइन्छ ।
समाजमा देखिएका केही कमी–कमजोरी स्
आजको समयमा दशैँ मनाउने चलनमा निकै परिवर्तन आइसकेको छ । वास्तविकता र मौलिकताबाट टाढा हुँदै गएको संस्कृति विकृतिको रूपमा देखापरेको भान हुन्छ । होस्–नहोस् ऋण गरेर पनि मीठो खानुपर्ने, राम्रो लगाउनुपर्ने, पञ्चबलि ९काम, क्रोध, लोभ, मोह र अहंकार० को नाममा निर्दोष प्राणीको हत्या गर्नुजस्ता विकृति बढ्दै गएको छ । त्यसमाथि कैयौँ पाथी जीवन धान्ने चामल ९निदारमा लगाएको अक्षता चामल० खेर फालिरहेका छौँ । चाडपर्वको रमाइलोमा कतै खेर गइरहेको अन्नबाट श्रापित त भइरहेका छैनौँ रु खेर फालिएको अन्नको श्राप तीनगुणा लाग्छ रे १ एक स् संसारमा कति यस्ता छन् जुन एकदाना अन्न खान नपाएर भोकै मरिरहेका होलान्, उनीहरूको आत्माको श्राप । दुई स् धर्तीले भन्छिन् रे ‘यसरी खेर फल्नुभन्दा वीजारोपण गरेको भए कैयौँको भोक मेटाउने । यस अवसरबाट वञ्चित गराएकोमा तिमीले यसको फल भोग्न परोस्, अर्थात्, धर्तीको श्राप । तीन स् स्वयम् अन्नको श्राप । अर्कोतर्फ रंगरसायन हालेको चामलले पशु–पक्षी र वातावरणमा कति नकारात्मक असर पारिरहेको होला । जुवातासको लहर, जाँडरक्सी खाएर झैझगडा, सडक दुर्घटना, चोरी–बदमासी, कालोबजारी र महँगी यसको अर्को पाटो रहेको छ ।
निदार भरेर टीका लगाएमा आध्यात्मिकता ज्ञानको वृद्धिमा फलदायी मानिँदैन । हामीले भौतिक संसारको ज्ञान प्राप्त गर्ने द्वार पाँच ९कान, आँखा, नाक, जिब्रो र छाला० इन्द्रीयहरू हुन् भने आध्यात्मिक वा सूक्ष्म ज्ञान प्राप्त गर्ने द्वार छैटौँ इन्द्रीय हो । छैटौँ इन्द्रीयको निवास निधारमा रहेको हुन्छ । निधारको माथि नचाहिने कुराको छेकबार भएमा छैटौँ इन्द्रीयलाई सत्ज्ञान प्राप्तिको बाटोमा अवरोध हुन सक्दछ । अर्थात् हामीले आँखालाई हातले छेकेर संसार हेर्न खोजेजस्तो हुनेछ ।
अहिले मनाउने दशैँले समाजमा कुनै पनि सकारात्कमक र सिर्जनात्मक योगदान दिएको महसुस हुँदैन । समयको परिवर्तनसँगै यसको मौलिकतामा केही परिवर्तन आउनु स्वाभाविक हो । तर, परिवर्तन विकृत रूपमा भन्दा परिस्कृतको रूपमा भएमा प्रकृति, प्राणी र समाज सबैको भलाइ हुने कुरामा कसैको दुईमत नहोला । कुनै पनि चाडपर्व मनाउनु भनेको धर्मलाई निर्वाह गर्दै पुण्य कमाउनका लागि हो । ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ भन्ने शास्त्रको सारांशले कसरी मनाइएको चाडपर्व मात्र फलदायी हुन्छ भनेर प्रस्ट पारेको हुन्छ । शिक्षित नयाँ पिँढीले यसमाथि विचार पु¥याउने हो कि रु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१