१० दिने दोस्रो नुवाकोट दशैँ महोत्सव शुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७४, बुधबार ०६:०२

नुवाकोट

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीकोे खेलमैदानमा १० दिने दोस्रो नुवाकोट दशैँ महोत्सव शुरु भएको छ । महोत्सवमा दशैँ पर्वलाई चाहिने चामल, चिउरा, मसला लगायतका खाद्यान्न सामग्री, खसी, बोका, ट्राउट लगायतको माछा, लत्ताकपडा, भन्सामा प्रयोग हुने भाडा लगायतको सामानमा छुट सहितको शुल्कमा उपलब्ध गराइएको छ ।

‘विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने मूल नाराकासाथ सुरु भएको नुवाकोट दशैँ महोत्सव १० दिने सम्म सन्चालन हुने छ । महोत्सवमार्फत लोपोन्मुख कला, लोकसंस्कृति र परम्परालाई जीवन्त, संरक्षण र संवद्र्धन गर्नुका साथै जिल्लामा उत्पादित कृषि एवं स्थानीय उपजको बजार मूल्यका साथ जिल्लाको समग्र व्यापारमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ ।

महोत्सवमा १६० स्टल राखिएको छ भने ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा विद्युतीय सामग्री, मनोरञ्जन गतिविधि, पिङ, धार्मिकस्थलको भ्रमण लगायतको बन्दोबस्ती समेत मिलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१