विदेशी पर्यटकलाई लिने शुल्क फिर्ता लिन व्यवसायीको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७४, मंगलवार ०६:१८

काठमाडौं । पर्यटन व्यवसायीहरुले खुम्बु पासाङल्हामू गाउँपालिका भित्र प्रवेश गर्ने विदेशी पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लिने निर्णय फिर्ता लिन दबाब दिएका छन् ।

नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले पर्यटन व्यवसाय नै धरासायी हुने गरी शुल्क लिने निर्णय गरेको भन्दै फिर्ता लिन खुम्बु पासाङल्हामू गाउँपालिकालाई दबाब दिनु भएको हो ।

सोमबार उक्त गाउँपालिकाको निर्णयका सम्बन्धमा छलफल गर्न काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले पर्यटन व्यवसाय नै धरापमा पर्न जाने भएकाले स्थानीय तहले गर्न नमिल्ने तर्क गर्नुभयो ।

अध्यक्ष महतले स्थानीय तहैपिच्छे विदेशी पर्यटकलाई दुई हजार रुपैयाँका दरले शुल्क असुल्ने व्यवस्था गरे नेपालको पर्यटन व्यवसाय समाप्त हुने भएकाले खुम्बु पासाङल्हामू गाउँपालिकाको उक्त निर्णयको बिरोधमा उत्रिनु परेको स्पष्ट पार्नुभयो ।

खुम्बु पासाङल्हामू गाउँपालिकाको गत असार २५ गते बसेको गाउँसभाले गाउँमा प्रवेश गर्ने विदेशी पर्यटकलाई दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क लिने निर्णय गरेपछि पर्यटन व्यवसायीहरुले त्यसको विरोध गरेका हुन ।

उनीहरुले त्यसो गरे विदेशी पर्यटकहरु नेपाल नआउने र पर्यटन व्यवसायनै धरापमा पर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१