थुकका यति धेरै फाइदा, कसरी उत्पादन हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७४, मंगलवार ०५:३५

एजेन्सी । हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन्। रगतको परीक्षण अगाडि नै मानिसमा फोक्सोको क्यान्सर पहिचान गर्न र्यालको प्रयोग गरिएको युनिर्भसिटी अफ क्यालिफोर्नियाले जनाएको छ।

एक थोपा थुकबाट ट्युमरको डीएनए पहिचान हुने र यसको परिणाम १० मिनेट भन्दा थोरै समयमा थाहा हुने बताइन्छ।

यसअगाडि पनि सर्भिकल क्यान्सर लगायतका संक्रमण पत्ता लगाउन पनि थुकको परीक्षण गरिन्थ्यो। डायबिटिजिको अवस्थाको अनुगमन गर्न पनि वैज्ञानिकहरुले यसको प्रयोग गरेको पाइन्छ। पिसाब वा रगतको परीक्षणभन्दा थुकबाट डायविटिजको अवस्थाको अनुगमन गर्न सजिलो हुने वैज्ञानिकहरु बताउँछन्।

थुकमा टेस्टोटेरोन नामक हर्मन हुन्छ
महिला र पुरुषको हर्मनमा टेस्टोटेरोन, ओस्ट्रोजेन, प्रोगेस्टेरोन, कोर्टिसोन र मेलाटोनिन नाम गरेका हर्मन हुन्छन् । थुकमा क्यालिसम, ब्याक्टेरिया बिरोधी तत्व, मुखलाई संरक्षण गर्ने तत्व हुन्छ । त्यही भएर थुकको परीक्षणले डीएनएको विश्लेषण गर्छ।

‘थुक भएन भने मुखको संक्रमण, अल्सर लगायत संक्रमण हुनेखतरा हुन्छ,’ बेलातयती प्राध्यापक प्रोटेक्टर भन्छन्।

धेरै प्रकारको थुक हुन्छ

थुकको उत्पादन थुक ग्रन्थीबाट हुन्छ । तीन प्रकारको थुक ग्रन्थी हुन्छ । गालामा पारोटिड, चिउडोमा सबम्याडिबुलर र जिबो मुनि सबलिग्वल गरी तीन प्रकारको थुक ग्रन्थी हुन्छ । यी ग्रन्थीहरुले एउटा नलीमार्फत मुखमा थुक वा ह्याल पठाउँछन्।

‘प्यारोटिड ग्रन्थीले पानी जस्तो थुक पठाउँछ जसले खानालाई चबाउँदा चिसो बनाउन सहयोग गछ,’ प्राध्यापक प्रोटेक्टर भन्छन्।

जिब्रो मुनिसको थुक धेरै चिप्लो हुन्छ । यो विशेष संरक्षित पत्र भएकोले तपाईले केही नखाँदा पनि मुखको भित्री भागलाई सुरक्षित गर्छ।

हामीले राती कम खानेकुरा खाने भएकोले यो समयमा थोरै थुक उत्पन्न हुन्छ । तसर्थ थुकको प्रवाह बढाउन चबाउने काम हुँदैन । त्यही भएर रातको समयमा ब्युँझिदा पानी खानु पर्छ।

जब हामीले खाना देख्छौं वा यसको गन्ध थाहा पाउँछौ दिमागले बढी थुक निकाल्न थुक ग्रन्थीलाई संकेत गर्छ । ‘जब खानेकुरा चबाउँछौ तब धेरै र्यााल उत्पादन हुन्छ,’ प्रा. प्रोटेक्टर भन्छन् ।

यो भएन भने दाँत कुहिन्छ
थुक वा र्यालले दाँत कुहिनबाट बचाउछ । ‘थुकमा प्र्रतिरोधी क्षमता र अम्लियपनलाई तटस्थ बनाउने शक्ति हुन्छ,’ लन्डनस्थित दन्तचिकित्सक डा मेरभन ड्रुेयन भन्छन् । त्यस्तै थुकमा सम्भावित व्याक्टेरियाबिरोधी तत्व हुन्छ । निरन्तर थुक आउँदा त्यसले रोग उत्पन्न गर्ने व्याक्टेरिया पखालेर फालिदिन्छ । थुकमा क्यालिसम भएकोले दाँतलाई बलियो बनाउछ।

मुख सुख्खा भए बिरामी

औषत मानिसले दैनिक १ देखि २ लिटर थुक उत्पादन गर्छ । जति तपाईंले पिसाब फेर्नुहुन्छ । थुक नहुने भनेको स्वास्थको समस्या हो । थुकको अभावमा थुक ग्रन्थीलाई हानी गर्छ।

‘यसको अभावमा जीवनको गुणस्तर नै विग्रन्छ,’ प्राध्यापक प्रोटेक्टर भन्छन् । केमोथेरापी गरेका मानिसहरुले थोरै मात्रामा वा कत्ति पनि थुक उत्पादन गर्दैनन्।

‘टाउकोको उपचार र घाँटीको क्यान्सरले थुक ग्रन्थीलाई हानी गर्छ,’ लन्डनको किङ कलेजका गुए कार्पेन्टर भन्छन् । कहिलेकाहिँ थुक ग्रन्थी निको भए पनि बिरामी स्थायी रुपमा प्रभावित हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१