रियल मड्रिडलाई राहत

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा विजयी भएपछि साविक विजेता रियल मड्रिडलाई राहत मिलेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिड सोसिडाडमाथि ३–१ को जित निकाल्न सफल भयो ।

रियलको जितका लागि बोर्जा मायोरल र ग्यारेथ बेलले एक–एक गोल गरे भने एक गोल आत्मघाती गोलको रुपमा उपहार पाएको थियो । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो । रियल सोसिडाडका लागि २८ औं मिनेटमा केविन रोड्रिग्वेजले बराबरी गोल फर्काए तर ३६ औं मिनेटमा रोड्रिग्वेजले नै आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गरेपछि रियल मड्रिड ३–१ को जित निकाल्न सफल भयो । चार खेल मध्ये अघिल्ला दुई खेलमा बराबरी खेलेर पछि परेको रियल मड्रिडलाई यो जितले राहत मिलेको छ । चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ । राति नै भएको खेलमा गिरोनालाई १–० ले हरायो । त्यसैगरी भिल्लारियलले एलाभेसलाई ३–० र लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् । चार खेलबाट १२ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ भने १० अंक रहेको सेभिल्ला दोस्रो स्थानमा छ ।

सोमवार, अशोज २, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री