हङकङले दियो नेपाललाई ७७ रनको लक्ष

काठमाडौं : १९ वर्ष मुनिको एसिया कप क्रिकेटका लागि मलेसियामा जारी पूर्वी क्षेत्रको छनौट प्रतियोगिताको फाइनलमा नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।

हङकङले नेपाल सामु ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपालले बलिङ रोजेपछि व्याटिङमा उत्रिएको हङहङ ३२.१ ओभरमा ७६ रन बनाउँदा अलआउट भयो । बलियो प्रतिद्वन्द्वी मानिएको हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि साहब आलम र सन्दीप लामिछाने समान ३–३ विकेट लिए । हङकङका लागि ओपनर हर्पित सिंहले बनाएको २० रन नै सर्वाधिक रन रह्यो ।

आइतवार, अशोज १, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री