सामसङको ‘नोट एट’ सोमबार नेपालमा सार्वजनिक हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७४, शनिबार ०५:४६

काठमाडौँ । सामसङको बहुप्रतिक्षित फोन ‘नोट एट’ आउँदो सोमबार नेपालमा सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा करिब एक महिनाअघि नै सार्वजनिक गरिएको फोनलाई नेपाली बजारमा सोमबार मात्र लन्च गर्न लागिएको हो।

नोट एटको सबैभन्दा आकर्षण पक्ष भनेको तीन क्यामेरा हुने सामसङको यो पहिलो फोन हो।

यसमा १२ मेगापिक्सेलका दुई वटा रियर ९पछाडि० क्यामेराको साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा अटाएका छन्। त्यस्तै फोनको अर्को रोचक कुरा भनेको यसमा समावेश ‘एस पेन’ हो।

इन्फिनिटी डिस्प्ले फोनमा ६।३ इन्चको क्युएचडी सुपर एमोलेड इन्फिनिटी डिस्प्ले, ६ जीबी र्यामका साथमा ६४, १२८ र ३५६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।

एन्ड्रोइड नोगट ७।१।१ भर्सनमा उपलब्ध यस फोनमा सामसङ इक्जिनस अक्टाकोर एसओसी प्रोसेसर समावेश छ।

पानी तथा धुलो नपस्ने भनिएको यस फोनमा ३३०० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसमा वायरलेस चार्जिङको सुविधा समेत दिइएको छ।

सामसङको यस फोन ब्राण्डको सबैभन्दा महँगो फोन हो। नोट एटलाई गत मंगलबार भारतमा सार्वजनिक गरिएको थियो। यस फोनको भारतीय बजार मूल्य ६७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। फोनको नेपाली मूल्य भने सोमबार नै एकीन हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१