युवाहलाई १० लाख निब्र्याजी ऋण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७४, शुक्रबार ०६:२४

बैतडी । जिल्ला युवा समितिले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत दुईवटा युवा समूहलाई रु १० लाख बिना धितो निब्र्याज ऋण सहयोग गर्ने भएको छ ।

समितिले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई रु पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो । जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीका अनुसार ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं एकबाट लालीगुराँस बाख्रापालन समूह कोटपेटरा र क्षेत्र नं दुईबाट आशाकिरण व्यावसायिक बाख्रापालान समूह दशरथचन्द नगरपालिका रहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि दश युवा ‘एक वडा एक उद्यम कार्यक्रम’अनुसार केही महिनाअगाडि सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानअन्तर्गत धेरै प्रस्ताव समितिमा परेका भएपनि परिषद्ले ती दुवै सामूहिक संस्थालाई छनोट गरेको हो ।

छनोट भएका समूहलाई एक हप्ता भित्रै रकम प्रदान गरिनेछ । छनोट भएका संस्थाले नेपाल बचत तथा ऋण सहकारी सङ्घ (नेप्सकुन)मा आबद्ध सहकारी संस्थामार्फत किस्तामा ऋण सहयोग प्राप्त गर्नेछन् । प्रस्तावनामा उल्लेख भएअनुसार काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋणबापतको रकम सहकारीमार्फत फिर्ता गर्नुपर्ने छ । ऋण सहयोग मागेका समूहले आफूले लगेको सो रकम पाँच वर्षभित्र फिर्ता गरिसक्नुपर्ने र फिर्ता भएको रकम घुम्ती युवा कोषमा जम्मा हुने जिल्ला युवा समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१