कुन छालालाई कस्तो रङको ड्रेस सुहाउँछ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७४, मंगलवार ०६:०२

नवीना महर्जन फेसन डिजाइनर
दसैँ नजिकिँदै छ। बजारमा ड्रेस किन्नेको भिडभाड बढ्दै छ। बजार घुम्दा डमीलाई लगाएका सोपिस सबै राम्रो भएजस्तो देखिन्छ र किन्न मन लाग्छ। बजारमा अरू कसैले लगाउँदा सुहाएको लुगामा पनि मन आकर्षित हुन्छ। आफूलाई पनि सुहाउला भनेर किन्ने गरिन्छ। तर, फेसन डिजाइनरहरू भन्छन्– यस्तो लहडमा कहिल्यै ड्रेस किन्नु हुँदैन।

बजेट र क्वालिटीबाहेक सुहाउने सन्दर्भमा ड्रेसबारे सबैभन्दा सोच्नुपर्ने कुरा हो– रङ । फेसन डिजाइनर नवीना महर्जनले गोरो, कालो र गहुँगोरो वर्णका व्यक्तिले कस्तो रङको ड्रेस रोज्ने र कस्तो नरोज्ने भन्नेबारे टिप्स दिएकी छिन् :

गोरो वर्ण
गोरो वर्ण भएका व्यक्तिले ड्रेस किन्दा रङ नमिल्ला कि भनेर त्यतिसाह्रो डर मान्नु पर्दैन । प्रायः सबै खालका रङ गोरो छाला भएका व्यक्तिलाई सुुहाउँछ। तर, केही रङमा भने सचेत हुनैपर्छ। डार्क कलर सकेसम्म प्रयोग नगर्नु नै राम्रो हुन्छ। डार्कमा पनि पूरै ब्ल्याकलाई तिरस्कार नै गर्दा हुन्छ। मिडियम डार्कसम्म भने ठीकै हुन्छ। त्यसो त ओभर ब्राइट कलर पनि गोरो छालामा सुहाउँदैन। मतलब यो होइन कि ह्वाइट कलर नै सुहाउँदैन। ह्वाइटमा क्रिम कलर लगाउन सकिन्छ, तर ट्युबलाइट कलर भने नरोज्नु नै ठीक हुन्छ।

कालो वर्ण
कालो वर्णका व्यक्ति गोरो छाला भएका व्यक्तिको तुलनामा ड्रेसको रङबारे बढी नै सचेत हुनुपर्छ। कालो व्यक्तिले पहेँलो रङको ड्रेस नलगाउने भन्ने हुन्थ्यो, तर अहिले फेसनमा पहेँलो पनि चलेको छ। तर, पहँेलोमा सेलेक्टेड मात्रै सुहाउँछ। लेमन एलो (कागती रङको) सुहाउँछ भने हाइलाइट एलो सुहाउँदैन । हरियो रङ पनि कालो वर्णका व्यक्तिले तिरस्कार नै गरिदिए हुन्छ । सुन्तला रङ भने राम्रो सुहाउँछ । कालो छाला भएकाले कालो नै रङको कपडाचाहिँ रोज्नु नै बेकार हुन्छ । यो सुहाउँदैन । डार्क कलर कम नै प्रयोग गर्दा हुन्छ । धेरै ब्राइट (लाइन फाल्ने) पनि रोज्नु राम्रो हँुदैन । रातो र सेतो रङको ड्रेस पनि कालो छालामा राम्रोसँग म्याच गर्छ।

गहुँगोरो वर्ण
रातो वर्णका व्यक्ति पनि हुन्छन्। तर, यो वर्णलाई गहुँगोरो क्याटगरीमै राखिन्छ। कालो र गोरो वर्णको बीचको रङलाई गहँुगोरो भनेर चिनिन्छ। गहँुगोरो वर्ण हुनुको फाइदा यो हो कि सबै रङका ड्रेस म्याच हुन सक्छ । जुन रङ पनि सुहाउने गर्छ। एउटा मात्रै कुरामा सचेत हुनुपर्छ। आफ्नो स्किनटोनसँग मिल्ने कलर गहुँगोरो व्यक्तिले प्रयोग नगर्दा राम्रो हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०