अर्बौ खर्चेर हुँदैछ यी थाइल्यान्ड राजाको अन्तिम संस्कार, १ वर्षअघि भएको थियो निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७४, सोमबार ०७:०५

कसैको मृत्यु संस्कार कति चर्चायोग्य हुन्छ ? यसको जवाफ थाइल्यान्डवासीसँग छ । उनीहरूले गत वर्ष ईश्वरकै रूपमा पूजा गर्ने राजा गुमाए, भूमिबोल अदुल्यादेज । बल्ल यसपाली उनको अन्तिम संस्कार गरिँदैछ । त्यसको तयारी पूरा भएको बताइन्छ ।

अन्तिम संस्कारका लागि पाँच दिनको रोयल सेरोमोनी (शाही कार्यक्रम) राखिएको छ । ७० वर्षसम्म थाइल्यान्डमा राज गर्ने राजा अदुल्यादेजको ८८ वर्षमा निधन भएको थियो । त्यसपछि थाइल्यान्डमा एक वर्षको राष्ट्रिय शोक घोषणा गरियो ।

गजब त के भने उनको मृत्यु संस्कार यति महंगो हुँदैछ, त्यसका लागि अर्बौं रुपैयाँ खर्च गर्ने तय भएको छ । राजाको अन्तिम संस्कारका लागि शिल्पकारले सुनको रथ बनाएका छन् । यसमा रोयल कलशका साथै भगवानको मूर्ति राखिनेछ ।

अन्तिम संस्कारमा विश्वबाटै आगन्तुक पुग्नेछन् । शाही परिवार र अन्य अधिकारी बस्नका लागि श्मशानघाट नजिकै रोयल प्याभेलियनको व्यवस्था गरिएको छ । यसपछि राजका छोरा महावजीरा लोगकोर्न देशका राजाको रूपमा गद्दीमा बस्दैछन् ।

राजाको अन्तिम संस्कार बैंककमा हुनेछ । उनको गणना विश्वका धनाढ्य राजाहरूमा हुन्छ । राजा भूमिबोल दुई शताब्दी पुराना चकरी राजवंशका ९औं राजा थिए । उनी विश्वमै सबैभन्दा लामो समय राज गर्ने राजामा पनि चिनिन्छन् । उनको ७० वर्षे कार्यकालमा थाइल्यान्डमा १२ प्रधानमन्त्री बदलिएका थिए । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१