हामी गुगलमा के खोज्दै छौ ? ‘हाउ टु किस’ देखि ‘हाउ टु प्रेग्नेन्टसम्म’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार ०६:३६

काठमाडौं । तपाईलाई केही कुराको जानकारी चाहियो र कसैलाई के होला भनेर सोधेमा उसले सम्भवत गुगल गर वा गुगलमा गएर सर्च गर नै भन्ने गर्छन् । यो क्रम यसरी बढ्दै गएको छ कि कसैले केही जानकारी चाहेर साथीलाई सोध्दा पनि उसले थाहा छ भने पनि उसले गुगल गर नै भन्ने गर्छ ।

यसरी जे कुरालाई पनि गुगल गर्दा गर्दा गुगललाई कुन देश वा महादेशका मानिस के कुरा चाहन्छन् भन्ने डाटा संकलन भैसकेको छ । गुगलका अनुसार सन् २००४ देखि हाउ टु भन्ने वर्ड राखेर कुनै पनि कुरा खोज्नेको संख्या १ सय ४० प्रतिशतले बढेको छ । यही हाउ टु वर्ड राखेर सर्च गरिनेमा सर्वाधिक खोजिने बिषय भनेको टाई कसरी बाँध्ने र चुम्बन कसरी गर्ने रहेको छ । यसरी जानकारी चाहनेहरुमा उत्तर अमेरिकी महादेश र पूर्वि एशियनहरु आफ्नो शौचालय कसरी बनाउने भन्ने बिषय बढी खोज्ने गर्छन् भने पूर्व सोभियत संघका राष्ट्रका बासिन्दा भने घरको बासिङ मेसिन कसरी बनाउने भन्ने वारेमा गुगल गरिरहेका हुन्छन् ।

गुगल गरेर जानकारी लिन चाहनेहरुमा विश्वमा तेस्रो सर्वाधिक खोजीको बिषय गर्भवती कसरी हुने भन्ने बिषय रहेको छ । यसैगरी शरीरको तौल कसरी घटाउने, चित्र कसरी बनाउने, पैसा कसरी कमाउने, प्यानकेक कसरी बनाउने, कभर लेटर कसरी लेख्ने, फ्रेन्च टोष्ट कसरी बनाउने र ठुलो पेटलाई कसरी घटाउने भन्ने बिषयमा बढी खोजी हुने गरेको छ ।

डाटाको बिषयमा शोध गरिरहेका पत्रकार गोन्जालेज भेराले मानिसहरुले कस्तो किसिमको विषय खोजी गरेका छन् भन्ने बिषयमा उक्त जानकारी सार्वजनिक गरेका हुन् । भेराका अनुसार मानिसहरुले गुगलमा बढी आफ्ना वरिपरिका बिषयहरु नै खोजी रहेका छन् ।

गुगलमा बढी जसो हाउ टु वाट नै सोधिने गरेको छ । जसमा प्रेमको बिषयमा हाउ टु किस, हाउ टु गेट प्रिग्नेन्ट, हाउ टु लभ, हाउ टु इम्प्रेस अ गर्ल, हाउ टु किस अ गर्ल जस्ता कुराहरु बढी सोधिने गरिन्छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१