बाबा राम रहिमकी हनीप्रित नेपाल भागेको आशंका रहिमसंग जेलमै बस्न चाहन्थिन्, प्रहरीद्धारा खोजी जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार ०६:३०

काठमाडौं  । भारतिय संचारमाध्यममा तहल्का मच्चाइरहेका छन्, बाबा राम रहिमको प्रसंगले । डेरा सच्चा सौदाका प्रमुखलाई बलत्कारको अभियोगमा जेल चलान गरिएको छ । रहस्यमयी एवं ग्ल्यामर बाबाकी विश्वसपात्र मानिएकी हनीप्रीत भने भारतिय प्रहरीको फन्दामा परेकी छैनन् ।

हालै प्रकाशित भए समाचार अनुसार हनिप्रित भागेर नेपाल पुगेकी छिन् । एक गाडीमा चढेर उनी उत्तर प्रदेश हुँदै लखीमपुरको जंगलबाट नेपाल भित्रिएकी छिन् । अहिले भारतिय प्रहरीले हनीप्रीतलाई लखीमपुरमा खोजतलास गरिरहेका छन् । साथै नेपालको सीमानामा पनि कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

अदालतले कैद सजाय सुनाएपछि राम रहिमलाई लिएर हेलिकप्टरमा जेलसम्म हनिप्रित पुगेकी थिइन् । त्यसबेला हनीप्रित पनि उनीसँगै बसेकी थिइन्, तर प्रहरीले उनलाई त्यहाँ बस्न दिएनन् । त्यसपछि जेलबाट बाहिर निस्किएकी उनी मुम्बईको समुन्द्री बाटो हुँदै बिदेश गइन् भन्ने हल्लाह पनि फैलियो ।
तर, पछिल्लो घटनाक्रमबाट के खुल्यो भने, उनी गाडी चढेर नेपाल प्रवेश गरेकी छिन् भनेर । रिपोर्ट अनुसार अझै पनि उनी डेरा सच्चा सौदाका बफदार व्यक्तिहरुको सम्पर्कमा भने छिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१