अनुहारको चमकतालाई कायम राख्न के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७४, शनिबार ०६:०८

कुनै पनि मानिसलाई अर्को मानिसले पहिलो पटक हेर्ने भनेको उसको अनुहार हो। यदी अनुहार राम्रो देखेमात्र अन्य कुरामा मानिसले उक्त व्यक्तिबारे चाँसो दिन्छन्। त्यसैले अनुहार सुन्दर हुनु अत्यन्त आवश्यक हुन्छ।

अनुहारमा रहको हरेक मानिसको चमकता उमेर अनुसार नै परिवरत्न हुँदै जान्छ। अर्थात् अनुहारको चमकता हराउँदै जान्छ । आफ्नो अनुहारलाई सुन्दर राखिरहनका लागि मानिसले निकै ध्यान दिनुपर्छ। अनुहारको सुन्दरता बचाउनका लागी आफैले नै विचार पुर्याउनुपर्छ कुन बेला के गर्ने भनेर।

यहा केहि त्यस्ता उपायहरू छन् जुन तपाईको अनुहारको चमकतालाइ कायम राख्न मद्दत गर्छ:
– मुहारलाई सुन्दर राख्न र चाँडै बुढयौली आउन नदिन चिन्ता र तनाव मुक्त हुनु पर्छ।

– डर, अनिन्द्रा, कब्जियतबाट टाढा रहनु पर्छ।

– खानामा प्रसस्त भिटामिन, खनिज पदार्थ, दुधबाट बनेका तत्वहरु, ताजा फलफुल, हरियो सागपात, गेडागुडी, माछा, मासु, जस्ता पौष्टिक तत्व खाने गर्नुपर्छ।

– अत्याधिक चिया, कफी सेवन, रक्सी, चुरोटको सेवनले पनि सुन्दरतामा ह्रास ल्याउँछ।

–समयमा सुत्ने, बिहान सबेरै उठ्ने, बिहान नियमित व्यायाम गर्ने, सकरात्मक सोच राख्ने, खेलकुद, मनोरञ्जनमा नियमित सहभागी हुने जस्ता कार्यले पनि सुन्दरतालाई लामो समयसम्म जोगाउनुका साथै बुढ्यौली टाढा भगाउँछ ।

– मुहारलाई सुन्दर राखिरहन घरमै पनि ‘फेसप्याक’ बनाएर नियमित प्रयोग गर्दा यसले मुहारको सुन्दरता कायम राख्छ ।

– उमेर ढल्किन थालेपछि सातामा एक पटक मुहारको मालिस गराउने । मालिसले छालालाई चाउरिनबाट केही मात्रामा भए पनि जोगाउँछ । मालिस गर्दा साह्रै चाँडो र ढिलो भन्दा ठिक्कसँग गर्नु पर्छ ।

– दैनिक रुपमा ‘एन्टि रिँकल क्रिम’को प्रयोग गर्नुपर्छ ।

– दैनिक रुपमा मुहारको ‘क्लिन्जिङ’ गर्नुपर्छ ।

– घरबाट बाहिर निक्लनु अघि ‘सन ब्लक क्रिम’को प्रयोग गर्दा पनि घामबाट छाला जोगिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१