सुत्नुअघि अपनाउनुस् ७ ब्युटी टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७४, शुक्रबार २०:३३

सुन्दर मुहार चाहने अधिकांशले बिहान मुख धुने, क्रिम तथा लोसन लगाउने काम गर्छन् । तर, अनुहारको केयर बिहान मात्र गरेर सुन्दरता प्राप्त गर्न सकिन्छ भन्ने धारणा गलत हो । आफ्नो मुहार हरेक समय ताजा तथा चम्किलो बनाउने चाहना छ भने रातको समयमा पनि केयर गर्नुपर्ने हुन्छ । राति सुत्नुअघि थोरै मात्र मिहिनेत गरेर बिहान अनुहारलाई स्फूर्त, चम्किलो तथा सुन्दर बनाउन सकिन्छ । जसरी दिनभर काम गरेपछि हाम्रो शरीरलाई आराम तथा केयरको आवश्यकता पर्छ । त्यसैगरी, हाम्रो मुहारको पनि केही आवश्यकता हुन्छ । त्यस्तो आवश्यकतालाई कुनै पनि कारणले पूरा गर्न सक्ने हो भने अनुहारमा छुट्टै किसिमको आभा प्राप्त गर्न सक्छौँ । अनुहारको आवश्यकतालाई पूर्ति गर्न सकिएमा लामो समयसम्म मुहारमा ताजापन तथा चमक कायम रहन्छ । अन्यथा, बुढ्यौलीको लक्षण समयभन्दा धेरै पहिला आउन सक्छ । त्यसका लागि सुत्नुभन्दा अघि अनुहारको केयर गर्ने तरिकाबारे ब्युटिसियन अर्बिना श्रेष्ठका सुुझाब यस्ता छन्ः

अर्बिना श्रेष्ठ ब्युटिसियन, साज ब्युटी होम्स
अर्बिना श्रेष्ठ ब्युटिसियन, साज ब्युटी होम्स

१ यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ । कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ ।

२ दिनभरको धुवाँ, फोहोर, धुलो, मैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनु हुँदैन ।

३ अनुहारको सफाइका लागि स्क्रबको पनि त्यतिकै महत्व हुन्छ । तर, हरेक दिन स्क्रब नगर्नु राम्रो हुन्छ । हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।

४ फेसप्याक लगाउनु पनि आवश्यक नै हुन्छ । नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ । अन्यथा, आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा फाइदा हुन्छ ।

५ अनुहारमा टोनिङ गर्नुको फाइदा भनेको छाला कसिलो बनाउनु हो । जसले गर्दा छालालाई चाउरीपन तथा खुकुलो हुन दिँदैन ।

६ अनुहारको सुन्दरता कायम राख्न पोषणको त्यतिकै आवश्यकता हुन्छ । त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

७ विशेषगरी, चिसो मौसममा सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनु हुँदैन । यसले छालालाई फुस्रो तथा सुक्खा हुन दिँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१