मोबाइल पानीमा भिज्यो ? यी उपाय अपनाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७४, बिहीबार १४:१६

मोबाइल फोन पानीमा भिजेर वा डुबेर हैरान हुन भएको छ ?मोबाइल भिजेका कारण कहिलेकाही मोबाइल अन नै नहुने समस्या समेत हुने गरेको छ । अझ पानी पर्ने समयमा जोगाउन खोज्दा खोज्दै मोबाइल पानीमा भिज्ने सम्भावना हुन्छ।

भिज्यो भने कसो गर्ने त ?

मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलाई सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस्। ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस्। मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्नुहोस्।

तपाइँको भिजेको स्मार्टफोन विस्तारै नरम कपडाले पुछ्नुहोस् । सम्भव भएमा सानो भ्याकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् । तर भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुस्।

तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ। यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ।

मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ। त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस्। चामलले मोबाइल भित्रको पानी सोस्दछ।

मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुपर्छ। तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ।

मोबाइलको भित्री भाग, पोर्ट, ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस्। ब्याट्री राखेर मोबाइल रिस्टार्ट गर्नुहोस्।

पानीमा डुव्ने वित्तिकै भन्दापनि यसमा रहेको पानी सोस्नका लागि एक दिन कुर्नुहोस् । र पुनः प्रयोग गरिहेर्नुहोस् । अन नभएको खण्डमा नजिकको रिपेयर सेन्टरमा लानुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१