बिहान खाली पेटमा दुई पोटी लसुन खानुहोस्, पाउनुहुनेछ यी चमत्कारिक फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७४, बिहीबार १३:४५

लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ। यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको अरु थुप्रै फाइदा छन्।

यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली पेटमा सेवन गर्नुपर्छ।

के हुन्छ लसुनमा ?
लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।

कसरी खाने ?
संभव भएसम्म लसुन विहानै खानुपर्छ, खाली पेटमा । लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।

कोलोस्टोर घटाउनदेखि उच्च रक्तचार रोक्नसम्म
आर्युवेदमा लसुनलाई जवान रहने औषधी मानिन्छ । साथै यसले केहि रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुची मा यो उपयोगी हुन्छ । लसुन एक महत्वपूर्ण एन्टिवायोटिक पनि हो । खाली पेट लसुन खानुको के फाइदा छ त ?

कोलेस्टोर नियन्त्रण गर्न
कोलेस्टोर नियन्त्रणका लागि लसुन निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा लसुनको केस्रा सेवन गर्नुपर्छ।

उच्च रक्तचाप नियन्त्रण
बिहान खाली पेटमा लसुन सेवन गर्दा रक्त प्रवाह नियमित हुन्छ । यसले हृदयसम्बन्धी समस्या हटाउँछ । लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ, त्यही कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ । यदि लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ।

हृदयलाई स्वस्थ्य राख्न
हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ । यसले रक्त प्रवाहलाई सुचारु गराउँछ, कोलेस्टोर नियन्त्रण गर्न । यहि कारण हृदयरोगको भयबाट बचाउँछ । मुटुलाई स्वस्थ्य राख्नका लागि दिनहुँ दुई केस्रा काँचो लसुन पिसेर सेवन गरौ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
लसुनमा भिटामिन सि, बि-६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।

फंगल इन्फेक्सनको बिरुद्ध
लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ, जसले दाद, चिलाउने लगायतकासँग लड्ने क्षमता राख्छ । यो केन्डिया नामक इन्फेक्सनसँग पनि लड्छ। जहाँ इन्फेक्सन भएको त्यहाँ लसुनको तेल लगाउनुपर्छ । काँचो लसुन नियमित रुपमा सेवन गर्नुपर्छ।

एलर्जीसँग लड्न
लसुनमा रहेको एन्टिभाइरल र एन्टि इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीको कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ।

पेट सम्बन्धी समस्यामा
पेट सम्बन्धी समस्या हटाउनका लागि लसुन उपयोगी हुन्छ। यसका साथै लसुनको सेवनले पेटमा रहेको विषाक्त पदार्थ सफा गर्छ।

दाँतको लागि
यदि दाँतको दुखाईबाट पीडित हुनुहुन्छ भने, लसुनको एक केस्रा पिसेर दाँत दुखेको स्थानमा लगाउनुपर्छ। केहि समयपछि दुखाई कम हुन्छ। किनभने लसुनमा एन्टी ब्याक्टेरियल र दुखाई कम गर्ने गुण हुन्छ।

अरुची घटाउँछ
यदि खानेकुरामा अरुची छ भने त्यसको राम्रो समाधान हो, लसुन। बिहान नियमित रुपमा लसुन प्रयोग गर्नुहोस्, यसले पाचन यन्त्र ठीक हुन्छ।

सावधानी
– लसुन सेवन गरेपछि त्यसको साइड इफेक्ट जस्तै, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्ध आउने हुनसक्छ।

– यसले रगतलाई पातलो बनाउँछ। त्यसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेकाहरुले यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिर्नैपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०