टिस्टुङको संस्कृति जोगाउन १० गुठीलाई बाजा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७४, सोमबार ०५:३२

टिस्टुङ, मकवानपुर । काठमाडौ नेवा मिडिया प्रालिको आयोजनामा तथा टिस्टुङ नेवा पुच र रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको सह आयोजनामा बज्राबराहीमा भएको एक कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न साँस्कृतिक समुहहरुलाई साँस्कृतिक बाजा वितरण गरिएको छ । नेवा मिडिया क्लवका अध्यक्ष तथा ज्यापु संस्कृति विकास कोषका महासचिव सन्तकुमार महर्जनको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्य मन्त्री तर्थमान डङ्गोल र अतिथि थाहा नगरपालिकाका मेयर लवशेयर विष्ट को हातबाट बाजा वितरण गरिएको थियो । नेवारी समुदायमा कला संस्तको जगेर्ना गर्न थप सहयोग पुगोस भनेर विदेशमा रहेका विभिन्न व्यक्तीहरुको सहयोगमा उक्त बाद्यबादन क्लवले आफ्नो पाँचौ बार्षिक उत्सवको अवशर पारेर वितरण गरिएको हो ।

कार्यक्रममा थाहा नगरपालिका वडा नं. १ का कुन्छाल बाजं खलः र पालुङ्ग बाजं खलः, थाहा नगरपालिका वडा नं. ६ का तेष्टुङ्ग बाजं खलः, द्योला बाजं खलः, लिलाखेल बाजं खल०, थाहा नगरपालिका वडा नं।९का चित्लाङ्ग बाजं खलः टौखेलगरि ६ वटा खलःलाई खिं बाजा, ताः र बबूचा एक–एक सेट, थाहा नगरपालिका वडा नं.१ का कुलगांउ बाजं खलःलाई खिं बाजा १ थान, थाहा नगरपालिका वडा नं.६ का कोठननी बाजं खलःलाई धाःबाजा १ थान, कपाली समाजलाई म्वायली बाजा १ थान र बौद्ध गुम्बा ओखर गाउंलाई परम्परागत लामा झ्याम्टा १ थान हस्तान्तरण गरिएका थिए ।
टिस्टुङ भनेपछि नचिन्ने कमै होलान तर यस बीचमा यहाको नाम पटक पटक फेरिदै आएको छ । यहि टिस्टुङको पहिचान र कला संस्कृति जोगाउन काठमाडौ नेवा मिडिया प्रालिले ज्यापु साँस्कृतिक विकास कोषको सहकार्यमा थाहा नगरपालिकामा अवस्थीत प्राचिन वस्ति तिस्टुङका १० गुठीलाई सास्कृतिक बाजा वितरण गरिएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व राज्य मन्त्री डङ्गोलले टिस्टुङ समाजसेवी स्व. चक्रमान डङ्गोलले भने जस्तै टिस्टुङलाइ विकास गर्न सके मिनी उपत्यका बनाउन सकिने थुप्रै आधार रहेको बताए । कार्यक्रममा नेवा मिडिया प्रालिका अध्यक्ष तथा ज्यापु संस्कृति विकास कोषका महासचिव सन्तकुमार महर्जनले टिस्टुङको संस्कृती जोगाउनुपर्ने दायित्व आफुहरुमा पनि आएको बताए । बाजा वितरण कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका मेयर लवशेयर विष्टले टिस्टुङमा पर्यटन र संस्कृति प्रवर्दन गर्न चाहने नगरपालिकाले सहकार्य गरि सघाउने प्रतिवद्धता जनाए । विष्टले भने, “हामीले यो क्षेत्रलाई पर्यटकिय नगरी बनाउने योजना नै तर्जुमा गरिरहेका छौ “ त्यस्तै रामलाल स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद महर्जनले टिस्टुङ लिच्छविकालिन नाम र यो सँग आफुहरुको संस्कृती जोडीएकाले यो नाम र संस्कृती लोप हुन नदिन टिस्टुङ नगरपालिका नामाकरण गर्ने पहलमा आफुहरु जुटिरहेको बताए ।
साँझ भएको साक्षात्कार कार्यक्रममा समेत टिस्टुङका अनुसन्धानकर्ता एक्काराम सिह, स्थानिय र पत्रकारहरु विच टिस्टुङलाई धार्मिक, पर्यटन र साँस्कृतिक वस्ति र सहरका रुपमा विकास गर्ने बारे छलफल भएको थियो । बिगतमा टिस्टुङ भनिए पनि पछि बज्रबाराही नामकरण गरियो । अहिले गणतन्त्र आगमनसंगै यो ठाउँलाई पुनस् थाहा नगरपालिका नामकरण गरिएको छ । तर यहाका स्थानीय भने यो ठाउँलाई टिस्टुङ नै भन्न रुचाउछन् । साँस्कृतिक भेषभुषा, बाजा गाजा र नाच हेर्दा लाग्छ उपत्यका काठमाडौको कुनै नेवार समुदायको साँस्कृतिक वस्ति होला । तर यो त मकवानपुर जिल्लाको प्राचिन वस्ति टिस्टुङको संस्कृति हो । जहाँ लिच्छविकालिन र मल्लकालिन संस्कृति अझै उपत्यका काठमाडौमा जस्तै निरन्तर जोगाइराखेका छन् टिस्टुङवासीले । देश विदेशमा टिस्टुङ नामबाट परिचित यो स्थानको पहिचान मेटिन लागेकोमा स्थानिय चिन्तित छन् ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०