नेपालमा गुगल एप्लिकेशनस् जिमेल र यूट्युब ढिलो खुल्नको कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७४, बिहीबार २१:२३

काठमाडौँ । यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति गम्भीर ध्यानकार्षण भएकोछ ।

गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर गुगल ले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गुगल को यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभर लाई विगत केही महिना देखि गुगल ले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समय (वेलुका) मा सरभर हरुको क्षमता अपुग भई रहेको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन् ।
जब सम्म गुगल ले आफनो सरभर को स्तरउन्नोति गर्दैन तब सम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल , यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं । हामी आशा गरेका छौं कि गुगलले तत्काल यो समस्याको समाधान गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१