परिक्षा दिउन्जेली कुरेर बसेका यि प्राध्यापकले गरे आफ्नै छात्राको बलात्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७४, बुधबार ०४:५९

नेपालगन्ज । महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका प्राध्यापक रबिराज शर्मामाथि क्याम्पसमै अध्ययन गर्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । व्यवस्थापन संकाय चौथो वर्षमा अध्ययनरत ति छात्रालाई क्याम्पस हाताभित्रै यौन दुव्र्यवहारको प्रयास गरेको प्राध्यापक शर्मामाथि आरोप लागेको छ । व्यवस्थापन संकायको पहिलो वर्षको व्याक परीक्षामा सहभागि ति छात्रालाई परीक्षा सकिएपछि गार्ड बसेका प्राध्यापक शर्माले सोमबार यौन दुव्र्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन ।

पीडितलाई उध्रृत गर्दै नेपाल विद्यार्थी संघका सचिव चन्द्रप्रकाश देवकाटाले सदभावलाई जानकारी दिए अनुसार, परीक्षा सकिएलगत्तै प्राध्यापक शर्माले ति छात्रालाई केहीबेर कक्षामा रोकेर संवेदनशील अंगहरु छुन थालेपछि त्यहाँबाट फुत्किन सफल भएकी थिइन् ।

छात्रामाथि गरिएको यौन दुब्र्यवहारविरुद्ध विभिन्न विद्यार्थी संघसंगठनहरुले मगलबार विज्ञप्ती निकालेर आपत्ती जनाएका छन् । नेपाल बिद्यार्थी संघ, थारु बिद्यार्थी परिवार, अखिल क्रान्तिकारी, नयाँँ शक्ती बिद्यार्थी युनियनले संयुक्त बिज्ञप्ती मार्फत् घटनामा संलग्न प्राध्यापक शर्मालाई कारवाहीको माग गरेका छन् । बिज्ञप्तीमा भनिएको छ–‘प्राध्यापक शर्मालाई कारवाही नगरिए भोलिदेखि अनिश्चितकालिन क्याम्पस बन्द गरिने छ ।’ शर्माले पन्ध्र बर्षदेखि उक्त क्याम्पसमा समाजशास्त्र बिषय पढाउँदै आएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१