सरकारले व्यापार गर्ने कि अनुगमनकारी निकाय वन्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७४, शुक्रबार २०:३३

प्रकाश अधिकारि।  देशले खुल्ला अर्थतन्त्र र निजी क्षेत्रलाई प्रवर्धन गर्दै देशको अर्थतन्त्रमा जोड दिनु सरकारको प्राथमिकता हुनु पर्ने थियो । तर विडम्वना सरकार तेल , नुन , चिनी , चामल , पानी , दुरसंचारको पसल खोलेर वस्दैछ । तर सरकारले सवै जिम्मा लिनु हाम्रो लागि खुशीको कुरा हो तर वेलावेलामा तेल, चिनी अनि पानी को हाहाकार हामीले भोग्दै आएका छौं । सरकारले संचालन गरेका व्यवसायहरु ऋति विपन्न र पहुंच नभएकाको लािग भनु भने त्यो सेवा नत निजीले दिने भन्दा कम दरको हुन्छ नत गुणस्तरीयमा नै आहा भन्ने खालको हुन्छ । देशको भौतिक पूर्वाधार लथा लिंग भएको अवस्थामा त्यसलाई प्रवद्र्धन गर्दै देशमा भएका हरेक व्यवासायिक प्रतिष्ठानहरुलाई नियमन गर्दै उनिहरुले प्रदान गर्ने सेवा र गुणस्तरमा संधै निरीक्षण र नियमन गर्नुको साटो आफै व्यापार गर्दै जानु ले सरकार पनि एक घरानिया व्यापारीको रुपमा देखा पर्ने हो की भन्ने पिर छ । नेपाल टेलिकमले प्रदान गरेको सेवा र सुविधा एन सेल को भन्दा विशिष्ट देखिनु पर्दछ तर त्यो हामीले अनुभव गर्न पाएका छैनौं । सरकारीे निकायका अनुसार खानेपानी संस्थानले गुणस्तरीय पानी प्रतिजार ४७र( मा बेचिरहेको छ । उहाका अनुसार यो गुणस्तरीय छ । सरकारले यो जिम्मेवारी लिनु राम्रो हो तर वजारमा ३५ रुपियामा पाइने जारलाई ४७ तिर्नुको आधार गुणस्तर मान्ने हो भने आजसम्म सरकारी निकायवाट मान्यता प्राप्त गरी संचालनमा रहेकाहरुको गुणस्तर जाच गर्ने जिम्मोवारीवाट भागेर अर्को व्यापारीले भन्ने जस्तो हाम्रो चाही गुणस्तरीय भन्न सुहाउछ कि सुहाउन्न यो वहस को विषय हो । नेपाल विदुत प्राधिकरणले दिएको दर्द , नेपाल आयल निगले दिएको झण्झट अनि साल्ट टेडिङले वेलावेलामा गर्ने ग्राहक प्रतिको अभावको झण्झट हामीले भुलेका छैनौं । सरकार के हो र सरकारको काम के हो भनेर गुगलमा सर्च गर्यौं भने यस्तो भेटछौं जहापनि भनिएको छ सरकारको प्रमुख काम कानूनको कार्यान्वयन गर्नु हो । सरकार मानिसहरूको समुह हो जो सँग कानून बमोजिम कुनै क्षेत्र भित्र अधिकार हुन्छ। त्यस्तो क्षेत्र भन्नाले देश, राज्य वा प्रान्त अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ। सरकारले कानून बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ। सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानूनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ। सरकारसँग प्रहरीहरू हुन्छन् जसले कानून लागु गराउँदछन। सरकारले दूतहरूको माध्यमबाट अन्य देशका सरकारहरूसँग सम्पर्क राख्दछ, बाणिज्य सहमति गर्दछ, युद्धलाई सम्भब भएसम्म टार्दछ अनि कला, संस्कृति वा सामाजिक अनुभव र ज्ञानको आदान(प्रदान गर्दछ। सरकारसँग सैनिक हुन्छ जसले देशको रक्षा गर्दछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१