घरमै बसेर अनुहार चम्किलो बनाउने १० तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७४, बुधबार ०६:५७

पछिल्लो समय बजारमा आएका सौन्दर्यको सामग्रीको कारण घरेलु जडिबुटीहरु ओझेलमा परेका छन् । घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले तपाईलाई सहज र सुलभ तरिकाबाट अनुहार चम्काउन मद्धत गर्छ । त्यस्तो उपायलाई आज हामीले प्रस्तुत गरेका छौँ ।

 

१ दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ ।

 

२ डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

 

३ एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । ९यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

 

४ अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

 

५  निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

 

६  पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

 

७  काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

 

८  काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

 

९  अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

 

१०  सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१