आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७४, सोमबार ०५:५७

काठमाडौैं  । देशभरका हिन्दू धर्माबलम्बीहरुले आज कुशे औसी अर्थात बुबाको मुख हेर्ने दिनका रुपमा मनाइरहेका छन् । छोरा छोरीहरुले आफ्ना बाबुलाई विभिन्न मिठाई फलफूल भोजन गराई पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औशीका दिन छोराछोरीले आ–आफ्ना  बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ । बुबा दिवंगत भइसकेका छोराछोरीहरुले भने आफ्ना पुरोहित वा कुनै ब्रह्मण वा बज्राचार्यलार्य दिवंगत बुबाको नाममा सिदा दिन गर्दछन् ।

काठमाडौंको जनबहाःस्थित सेतो मत्स्येन्द्रनाथ तथा अरु देवीदेवको मन्दिर वरपर सिदा दान दिने र लिने ब्राह्मण र बज्राचार्य हुन्छन् । मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ । पूर्वोत्तर बाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आ–आफ्ना दिवंगत बुबाको नाममा पितृ तर्पण गर्न विहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

ब्राह्मण पुरोहितहरुले यस दिन नयाँ कुशलाई मन्त्रद्वारा शोधन गरी आ–आफ्ना यजमानको घरमा पु¥याई सिदा ग्रहण गर्ने भएकाले हिन्दूहरुले यस पर्वलाई कुशे औंशी पनि भन्ने गर्दछन् । वर्षभरि हुने सबै प्रकारका शास्त्रीय कर्म गर्दा त्यस कुशलाई पवित्र मानी प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०