लगातार टाउको दुख्यो ? बेवास्ता नगर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७४, आईतवार ०८:४८

काठमाडौँ   ।  वर्षा मौसमसँगै मानिसमा टाउको दुख्ने समस्या पनि बढ्न सक्छ । यसका लागि उपचारमा ख्याल गरिहाल्नुपर्छ । सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठीक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल राख्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककहाँ पुगेर समस्या बताइहाल्नुपर्छ ।

टाउको दुख्ने विभिन्न कारण हुन सक्छन् । चिकित्सकको सल्लाहबमोजिम उपचार प्रक्रिया अगाडि बढाउनुपर्छ ।

बिस्तारै टाउको दुख्ने समस्या बढ्दै गयो भने यो माइग्रेनको लक्षण पनि हुन सक्छ । त्यसैले तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

कहिलेकाहीँ आँखाको पावरमा उतारचढाव आउँदा पनि टाउको दुख्न सक्छ । त्यसका लागि आँखाको जाँच गर्न जरुरी छ ।

कहिलेकाहीँ एकदमै टाउको दुख्न सक्छ । यसका लागि खाली पेट बस्नु हुँदैन । खानपानमा निकै संयमित हुनुपर्छ ।

टाउको दुख्न थालेसँगै चिसो पानीले आफ्नो मुख र टाउको धुन सकिन्छ । तर, लगातार धुनु हुँदैन ।

अत्यधिक टाउको दुखेको वेला राति दूध पिउने हो भने टाउको दुख्न कम हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०