मानब बेचबिखन बिरुद्धको नेटबर्क एटवीनको नयां कार्यसमिति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७४, शनिबार ०७:००

काठमाडौ । मानब बेचबिखन बिरुद्धको साझा संजाल एटवीनको अधिबेशनले नया कार्यसमिति चयन गरेको छ । निबर्तमान अध्यक्ष मीना बिष्टको अध्यक्षतामा भएको अधिबेशनले हिमराइट्सकी अञ्जना शाक्यको अध्यक्षतानमा कार्य समिति निर्बाचित गरेको छ निबर्तमान अध्यक्ष मीना बिष्टको अध्यक्षतामा भएको अधिबेशनले हिमराइट्सकी अञ्जना शाक्यको अध्यक्षतानमा कार्य समिति निर्बाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा ग्रामीण महिला सिर्जनशील परिबार सिन्धुपाल्चोककी नानीमाया थापा , इन्सेककी सम्झा श्रेष्ठ, शक्ति समुहकी बालकुमारी राना , कोषाध्यक्षमा शान्ता खनाल , सदस्यहरुमा सीता पौडेल , तारा भण्डारी , चमेलिया मगर , इन्द्र भण्डारी र निबर्तमान अध्यक्ष मीना बिष्ट स्वत बरिष्ठ सदस्य हुने ब्यबस्था छ ।
अधिबेशनमा निबर्तमान कार्यसमितिको सक्रियता र प्रभाबकारिता उत्साहजनक रहेको कुरा सदस्यहरुले बताएका थिए । खास गरी मानब बेचबिखन बिरुद्ध एटवीनको २० बर्ष नामक पुस्तक प्रकाशन सबै भन्दा महत्वपुर्ण उपलब्धि रहेको नेटबर्कका सदस्य सस्थाहरुले उल्लेख गरेका छन ।
सोही अबसरमा लोकार्पित पुस्तकमा मानब बेचबिखन बिरुद्ध बितेको २० बर्षमा के भयो , अहिले मानब बेचबिखनको अबस्था कस्तो रहेको छ ,मानब बेचबिखन बिरुद्ध राज्यले कस्तो निर्बाह गरिरहेको छ , नागरिक समाजको भुमिका कस्तो रहेको छ र के हुनृु पर्छ , मानब बेचबिखन नियन्त्रणका लागि कस्ता कस्ता कानुन बनेका छन , ती ऐन कानुन कार्यान्वयनको अबस्था कस्तो रहेको छ ,मानब बेचबिखन बिरुद्ध संचार क्षेत्रले कस्तो भुमिका खेलेको छ भन्ने लगायतका मानब बेचबिखन सबन्धी सम्पुर्ण बिषय समेटिएको छ ।
राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा , राष्टिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरे, बरिष्ठ मानब अधिकारकर्मी शर्मिला कार्की , दुर्गा घिमिरे, डा रेणुराज भण्डारी , अनुराधा कोइराला , गौरी प्रधान , सुबोध प्याकुरेल , बरिष्ठ पत्रकार टंक पन्त , मेचम्चि नगरपालिकाका उपप्रमुख भगवती नेपाल , उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुवर, एटवीनका निबर्तमान अध्यक्ष मीना बिष्ट,नब निर्बाचित अध्यक्ष अञ्जना शाक्य , कार्यकारी निर्देशक बेनुमाया गुरुङ सहित सबै क्षेत्र र बिधाका बरिष्ठ ब्याक्तित्वहरुले अनुसन्धानमुलक फिचर आर्टिकल लेखेका छन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०