आशयपत्र लिएर संचालनमा रहेका शिक्षण संस्था सरकारले किन्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७४, बुधबार ०८:०१

काठमाडौ। चिकित्सा शास्त्र अध्ययनका लागि आशय पत्र लिएर संचालनको तयारीमा रहेका शिक्षण अस्पताल सरकारले किन्ने तयारी गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सरकारको सो तयारी अनुरुप नीति र प्रक्रिया अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । चिकित्सा शास्त्र अध्यापनका लागि आशयपत्र पाएका शिक्षण अस्पताल सरकारी स्वामित्वमा लिन चाहेमा वा लिन सक्ने संभावना देखिन आएमा सोको सम्बन्धमा कानुनी र प्रक्रियाको अध्ययन गरी सरकारलाई आवश्यक राय सुझाव दिनका लागि मन्त्रिपरिषद् बैठकले मुख्य सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा अर्थसचिव, शिक्षा सचिव , स्वास्थ्य सचिव र सार्वजनिक खरिद कार्यलयका सचिव सदस्य रहने छन् । कार्यदलले आवश्यकता अनुसार विज्ञहरुसंग छलफल गरि सरकारलाई उपयुक्त राय सुझाव दिने छ ।
चिकित्सा शिक्षा विधेयक अन्तिम टुंगो लागि सकेको र ऐन बन्ने तयारीमा रहेका बेला सरकारले ऐन बन्नु अघि आशयपत्र लिएका मेडिकल कलेजलाई सरकारी स्वामित्वमा ल्याउने तयारी गरेको हो । सुचना तथा संञ्चारमन्त्री मोहन बस्नेतले चिकित्सा शिक्षा सुधारको माग गर्दे २३ दिन देखि अनसन बसेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन तोडिसकेकाले तत्काल केही गर्नुनपर्ने उल्लेख गर्दे माग सम्बोधनका लागि प्रक्रिया अघि बढाईने बताउनुभयो ।
त्यसैगरी बाढी र डुबान प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउने काम प्रभावकारी ढंगले अघि बढेको भन्दै थप शसक्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१