प्रविधिक शिक्षाको विकासमा अवरोध गर्न पाईदैनः पूर्व संचार मन्त्री पोखरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७४, बुधबार ०७:५६

काठमाडौं ।  नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले नेपालका हजारौं विद्यर्थीहरु प्राविधिक शिक्षा पढ्न विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गरेका छन् । राजधानीमा मंगलबार जनआकाश साप्ताहिकको दशौं वर्ष प्रवेश गरेको उपलक्षमा बोल्दै उनले सो चिन्ता व्यक्त गरेका हुन् ।

पूर्व संचार मन्त्री समेत भइसकेका पोखरेलले डा.गोविन्द केसिको अनशनप्रति संकेत गर्दै नेपालको प्राविधिक शिक्षाको विकासमा रोकावट ल्याएको अरोप समेत लगाए । यसले नेपाली विद्यर्थीहरु स्वदेशमा पढ्न नपाएर ठूलो धनराशी सहित बाहिरीनु परेको बताए । उनले गुम्नै लागेको स्वदेशी आकाश सम्बन्धी अधिकार गुम्नै लागेको बेला आफू संचार मन्त्री रहाँदा त्यो अधिकार शुनिश्चित गरेको दाबी गरे । त्यस्तै पोखरेलले नेपाली राजनीतिक दलहरुको संपूर्ण ध्यान नेपालको आर्थिक क्रान्तिमा हुनु पर्ने धारणा व्यक्त गरे । जसमा रुपान्तरित कृषि व्यवसाय र पर्यटनलाई जोड दिनु पर्ने बताउँदै बुद्ध धर्म तथा हिन्ुदु धर्मको आयाम बारे धारणा पनि राखे ।
त्यस्तै कार्यक्रममा नेपालको संस्थापक गर्भनर हिमालय शंशेरजबराले नेपालमा भारतिय मुलका व्यापारी, नेपाली राजनीतिज्ञ, कर्मचारी, ठेकदार, म्यनपावर व्यवसायीको प्रगति भए पनि आम नेपाली जनताको जीवन स्तर माथि उठन नसेको प्रति चिन्ता व्यक्त गरे ।
प्रेसकाउन्सिलका अध्यक्ष भवानी बरालले संचार जगतको विषयमा बोल्दै प्रेस काउन्सिलले नेपाली प्रेसलाई मार्यादित बनउन प्रयास गरिरहेको बताए ।नेपाल पत्रकार महासंघ काठमाडौं साखा अध्यक्ष सन्तराम विडारीले साना संचार माध्यमप्रति राज्यको दृष्टिकोण संकुचित रहेको भन्दै सरकार र सरोकारवाला पक्षलाई समान दृष्टिकोण बनाउन ध्यानाकर्षण गराए । कार्यक्रमा नेपाल व्यापार संघका अध्यक्ष कुमार काकीले, समाजसेवी भद्रा घले लगायतका व्यक्तिहरुले जनआकाश साप्ताहिकलाई शुभकामना दिए । जनआकाशले आफ्नो एक दशक प्रवेश गरेको उपलक्ष्यमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल पत्रकार माहासंघ काठमाडौं साखाका सचिव मोहन पन्त, वरीष्ठ कलाकार बसुन्धरा भूसाल लगायतलाई सम्मानित पनि गरेको थियो । उक्त कार्यक्रम जनआकाश मिडिया प्र.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्व तथा सम्पादक कुमार अधिकारीले संचालन गरेका थिए भने मिलन लामाले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०