५५४ घन्टापछि अनशन स्थगित : भन्छन्-‘देश रोएको वेला लम्ब्याउन उचित ठानिनँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७४, बुधबार ०७:४९

काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा।डा। गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित मात्रै गरेको बताए । उनले भने, ‘कसैले डरायो र अनशन तोड्यो भन्लान्, तर होइन । अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ । त्यसैले केही समयका लागि स्थगित गरेको हुँ । नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ ।’
बाढीबाट जनजीवन सामान्य भएपछि अनशनलाई निरन्तरता दिने डा। केसीले बताए । माथेमा कार्यदलको सुझाव अनुसार विधेयक पास नगरी तोडमोड गर्न खोजिए पुनः अनसन बस्ने चेतावनी पनि उनले दिए । २३ दिन अनसन बसेका केसीको स्वास्थ्य बिग्रीएको भन्दै मंगलबार साँझ आइसियुमा भर्ना गरिएको छ ।
जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने
अनसनरत डा। केसीले माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारे । ‘जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन्’ केसीले भने, ‘तर, जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा लिप्त रहेका सभासदहरुलाई ठेगान लगाउन पनि हाम्रो आन्दोलन आवश्यक छ ।’
निजी मेडिकल कलेज किन्न समिति
डा। केसीको सर्तअनुसार मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१