यौन सम्पर्क गर्नेहरु यसकारण सुन्दर हुन्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७४, सोमबार ०६:४३

यौन विश्वमै बढी चासोका रुपमा लिईने विषय हो । यसको गलत प्रयोगले कतिलाई जीवनको लोकप्रियताबाट सिध्याएको पनि छ भने कतिलाई स्वस्थ बनाएको पनि विभिन्न अध्ययनहरुले देखाएका छन् । झट्ट सुन्दा कमैलाई पत्यार लाग्ला, यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउँछ भन्दा । तर, एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले भने यस्तो देखाएको छ ।
यगउभि(कभहअनुसन्धानमा उल्लेख भए अनुसार स्वास्थ्य ढंगले सेक्स गर्नेहरु सुन्दर हुन्छन् । खानपिनमा ध्यान दिने तथा स्वस्थ रुपमा गरिने सेक्सले मुहारमा सुन्दरता आफैँ ल्याउने पनि अनुसन्धानले देखाएको छ ।
सहि तरिकाले सन्तुलित रुपमा गरिने सेक्सले मनमा आनन्द र शान्ति मिल्ने तथा सोही कारण मनको आनन्द मुहारमा झल्किने हुँदा मानिसहरु सुन्दर देखिने अध्ययनमा उल्लेख छ ।
हाम्रो समाजमा खुला छलफल र बहस आजसम्म सेक्सको विषयमा हुन सकेको छैन, तर गुपचुप रुपमा भने सेक्स कति ठाउँमा हुन्छ भन्ने कुनै तथ्यांक छैन । तर यसलाई बहशको विषय बनाउने र सोही अनुसार जागरण गर्ने हो भने यसले फाईदा नै पुग्ने देखिन्छ ।
सेक्सको विषयमा अध्ययन र अनुसन्धानको बाटो पश्चिमा मुलुकमा खुला छ, जहाँ यसको विषयमा खोज अनुसन्धान हुँदै आएका पनि छन् । सेक्सले मानिसलाई स्फूर्तीका साथै स्वास्थ्य र सुन्दर बनाउने तथ्य पनि सार्वजनिक भैसकेको छ । सेक्सले मानिसलाई यसकारणले पनि सुन्दर बनाउँछ कि सेक्सले मोटोपन घटाउने र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश मद्दत पुग्दछ । जब मानिस निरोगी हुन्छ तव उसको भित्रको सन्तुष्टी बाहिर आउँछ र उसलाई फुर्तिलो पनि देखिन्छ ।
सेक्सले कपाल र अनुहारमा चमक आउने पनि उल्लेख छ भने यसको लतले भने खराव हुने देखाएको छ । यौन सम्पर्कको बेला कोलेजन हारमोन अत्यधिक उत्पादन हुने हुँदा यसले छाला सुन्दर र कोमल बनाउने समेत उल्लेख छ।
अध्ययनका अनुसार हप्तामा तिन पटक सेक्स गर्नेहरु यसरी नियमति सेक्स नगर्नेहरुको तुलनामा जवान देखिन्छन् । यौन सम्पर्कको चरम उत्सर्गका उत्पादन हुने सेरोटोनिन र डीएचइए हारमोनले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानमा उल्लेख छ । स्वस्थ रुपमा गरिने यौन सम्पर्कले महिलाको स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने, तनाव हटाउने तथा शरीरका बिकार बाहिर निकाल्न मद्दत गर्ने, आत्मविश्वास बढाउने समेत गर्दछ । तर, सेक्सका लागि आवश्यक सुरक्षा नअपनाउने, जो पायो उहीसँग यौन सम्पर्क राख्ने, मानसिक रुपमा तयारै नभई यौन सम्पर्क गर्ने जस्ता कुराले भने फाईदाको साटो हानी हुने समेत उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०