हप्ताको दुईदेखि तीन पटक यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७४, सोमबार ०६:३९

यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसले मुटुलाई फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्र्छ ।
हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढाउने तथ्य सार्वजनिक भएको छ । अधिकांंश मुटु रोगीहरूले यौनसम्पर्कले मुटुमा दबाब पर्ने अनुमान गरी यौन सम्पर्कबाट टाढा रहन खोज्छन् । तर त्यसो गर्न नहुने चिकित्सकहरू बताउँछन् । मुटुरोग विज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार
यौन क्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तला माथि भर्‍याड चढ्नु बराबर हो । छातीमा पीडा उत्पन्न नभई दुई तला माथि भर्‍याङ चढ्न सकिन्छ भने यौनक्रीडाको भार मुटुले सजिलै धान्न सक्छ । यदि छातीमा पीडा उत्पन्न हुन्छ भने यौन सम्पर्कका बेला कममात्र श्रम प्रयोग गर्नुपर्छ ।
साथै जिब्रोमुनि राख्ने औषधि प्रयोग गर्नुपर्छ । कतिपय पुरुष मुटुरोगीहरूले यौन दुर्बलताको अनुभव गर्छन् । धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ । यसका अलावा डिप्रेसनका कारण पनि हुन्छ । कहिलेकाहीँ सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौन दुर्वलता भएको हुन सक्छ । यसको उपचार सम्भव छ ।
चिकित्सकसँग संकोच नमानी यसका विषयमा परामर्श लिनुपर्छ । हृदयाघात भएको कति समयपछि यौनसम्पर्क गर्दा हुन्छ रु भन्ने प्रश्न पनि बिरामीको मनमा हुन्छ । यो कुरा उनीहरू डाक्टरलाई पनि भन्ने गरेका हुँदैनन् । चिकित्सकहरूका अनुसार हृदयाघातको शल्यक्रिया गरेको चार हप्तापछि यौन सम्पर्क राख्दा हुन्छ । तर आफ्नो अन्य स्वास्थ्य अवस्था भने विचार गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१